×

NMB BANK
NIC ASIA

नेप्से लाग्यो उकालो, साढे आठ अङ्कले वृद्धि

कात्तिक ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अङ्कले वृद्धि भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८.५४ ले वृद्धि भई एक हजार ६०६.२५ मा पुगेको छ । नेप्सेमा लगातार भएको वृद्धिले आज पुनः नयाँ उचाई तय गरेको हो । केही दिन पहिले पनि नेप्से एक हजार ६०० को बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ परिसूचक १.९१ ले वृद्धि भई ३१८.५६ मा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर रु एक अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ मा पुगेको छ । स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूह मध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ ।


Advertisment
Nabil box
Kumari

होटल १४.०४, जलविद्युत् ६.४३, जीवन बीमा १०.१ र सामूहिक लगानी कोष ०.०६ ले ओरालो लागेको छ । यस्तै बैंकिङ १२.१, व्यापार ९.३३, विकास बैंक १.७१, वित्त ५.३८, निर्जीबन बीमा ३८.५२, उत्पादन २९.४८, अन्य ५.२७ र लघुवित्त ०.८१ ले वृद्धि भएको छ ।

Vianet communication
Laxmi Bank

कारोबारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १४ करोड १५ लाख ४५ हजार २३७ बराबरको कारोबार भयो । यस्तै, एनआइसि एशिया बैंक रु नौ करोड ८५ लाख ६९ हजार ८३५, अपि पावर कम्पनी रु आठ करोड ८२ लाख ७१ हजार १५५, प्राइम बैंक रु सात करोड ९७ लाख ६३ हजार ५८५, नेपाल बैंक रु सात करोड ८० लाख ९४ हजार ७८८ र ग्लोबल आइएमइ बैंक रु सात करोड ५५ लाख ८८ हजार ६१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, जनरल इन्स्योरेन्स ९.८९, नेपाल फाइनान्स ९.८६, अपि पावर कम्पनी ४.१९, सेञ्चुरी बैंक ३.७२, प्राइम बैंक ३.०६ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ३.०५ प्रतिशतले कमाए । त्यस्तै, माउण्टेन हाइड्रो ३.६१, रैराङ हाइड्रोपावर ३, नेपाल हाइड्रो डेभलपर २.७३, पञ्चकन्या माई हाइड्रोपावर २.७०, सप्तकोशी डेभलपमेन्ट बैंक २.४४, राधी विद्युत् कम्पनीका लगानीकर्ताले २.४२ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x