राष्ट्रपति भण्डारीले गरिन् ३ देशका लागि राजदूत नियुक्त, को कहाँ ?

फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ देशका लागि राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले बिहीवार एक विज्ञप्ति जारी गरी ३ देशमा राजदूत नियुक्त गरिएको जानकारी दिएको हो ।


Advertisement

बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत नियुक्त गरिएको हो ।

‘नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ई आवासीय नेपाली राजदूत पदमा नियुक्त बेल्जियम अधिराज्यका लागि श्री गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि श्री तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि श्री रामकाजी खड्कालाई गर्नुभएको छ,’ कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्