×

NMB BANK
NIC ASIA

दसैंका बेला कतै पनि बत्ती नजाने

कात्तिक ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले दसैं पर्वका समयमा देशैभर विद्युत सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
चाडपर्वका बेला अन्य समयमा भन्दा विद्युत खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिएका हुन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरी सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भार प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक गरी ग्राहकलाई नियमित विद्युत सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

Muktinath Bank

 ‘दसैंका बेला कहीं पनि विद्युत काटिने समस्या नआओस्’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने, ‘मलाई विश्वास छ, ग्राहकबाट विद्युत प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन ।’
प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टिम रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनको थियो । मन्त्री पुनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामारीका कारण ९० लाख विद्यार्थी घरबाटै अनलाइन कक्षा  लिइरहेको र ती मध्ये कतिपय परीक्षामा समेत सामेल भइरहेकाले विद्युत सेवा अनियमित हुँदा उनीहरुको भविष्यमा के असर पर्छ भन्नेबारे सोचेर काम गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रि«य प्रणालीमा पर्याप्त मात्रामा विद्युत उपलब्ध रहेको जानकारी दिए । सचिव घिमिरेले विद्युत सेवा नियमित गराउन इमान्दारीपूर्वक काममा खटिन प्राधिकरणका सबै तहका कर्मचारीलाई आग्रह गरे ।
भार प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईले हाल प्राधिकरण र निजी क्षेत्रको गरी १ हजार एक सय १० मेगावाट विद्युत राष्ट्रि«य प्रसारण प्रणालीमा रहेको भन्दै माग भने ७ देखि ८ सय मेगावाटसम्म मात्र रहेको बताए । ‘हामीसँग अहिले ११ सय १० मेगावाट विद्युत उपलब्ध छ’, भट्टराईले भने, ‘दैनिक माग ७ देखि ८ सय मेगावाट मात्र छ ।’ विद्युत पर्याप्त रहेकाले सेवा अनियमित हुने कुनै सम्भावना नरहेको भट्टराईले स्पष्ट गरे  ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x