×

NMB BANK
NIC ASIA

ढल्केबर सबस्टेसन तयार, नेपाल–भारत विद्युत् व्यापार सहज हुने

कात्तिक ७, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

नेपालको आन्तरिक विद्युत् प्रवाह सुदृढीकरण तथा नेपाल भारत दुई देशीय विद्युत् व्यापारका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको धनुषामा निर्माणाधीन चार सय केभी ढल्केबर सबस्टेसन तयार भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

२२० केभी क्षमतामा सञ्चालनमा ल्याइएकामा सबै प्राविधिक उपकरण जडान तथा परीक्षणपछि अहिले चार सय केभीए पूर्ण क्षमतामा सञ्चालन गर्न नो लोड चार्ज भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको निर्माण १२ सय मेगावाट विद्युत् आदान–प्रदान गर्नसक्ने गरी जीआईएस प्रविधियुक्त स्वचालित रूपमा गरिएको छ । सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ट्रान्समिटर छन् । अहिले ती ट्रान्सफर्मर चार सय केभीमा सञ्चालन गर्नेगरी नो लोड चार्ज सुरु गरिएको ढल्केबर सबस्टेसन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

३१५ एमभीएका तीन ट्रान्सफर्मरलाई चार सय केभीएमा सञ्चालन गर्नेगरी २२० केभी ब्याक फिडबाट चार्ज गर्न सुरु भएको छ, उहाँले भन्नुभयो, “अहिले एउटा सुरु गरिएको छ, त्यसपछि बाँकी दुई चार्ज हुनेछन् । ”
असार मसान्तभित्रै यस्तो चार्ज गर्ने लक्ष्य प्राधिकरणको थियो तर कोरोना महामारीका कारण जारी बन्दाबन्दीले चीनबाट उपकरण आउन पाएका थिएनन् । कोरोना त्रासका कारण केरुङ नाका बन्द हुँदा हाई भोल्टेज टेस्टिङ मेसिन ल्याउन ढिला भएको होे ।

Vianet communication
Laxmi Bank

निर्माण सम्पन्न हुनै लागेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न यो सबस्टेसन अत्यावश्यक रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सेनाले बताए ।

तामाकोसीबाट २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन यो सबस्टेसनले भूमिका खेल्नेछ, उहाँले भन्नुभयो, “ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात तथा निर्यात गर्न पनि यो प्रसारण लाइन प्रयोगमा आउने छ ।”

माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोङ्गरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याउन लागिएको छ । यसका लागि आयोजनाले गोङ्गर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पु¥याएको छ । खिम्ती–ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।

सबस्टेसन तयार भएसँगै नेपाल–भारत विद्युत् व्यापारका लागि बन्दै गरेको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन पनि अब चार सय केभीमा सञ्चालन गर्न लागिएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिए।

भारतको मुजफ्फरपुरमा रहेको एक टावरमा करिब दुई सय मिटर तार चार सय केभीमा सिफ्ट गर्ने काम मात्र बाँकी छ । यो काम पनि आगामी नोभेम्बर १० भित्र सक्ने जानकारी भारतीय पक्षले गराएको छ, कोइरालाले भन्नुभयो, “नेपाल–भारत विद्युत् व्यापारका लागि हामी प्राविधिक रूपले चुस्त भएका छौँ । ”

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब रुपियाँ लगानीमा निर्माणाधीन ४००÷२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ग्यास इन्सुलेटेड यो सबस्टेसन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेको छ ।

सबस्टेसन निर्माणका लागि आर्थिक वर्ष २०७४÷७५ देखि ठेक्का प्रक्रिया थालिएको थियो । निर्माण थालिएको करिब साढे दुई वर्षमा यो सबस्टेसन तयार भएको हो । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x