×

NMB BANK
NIC ASIA

कारबाहीको दायरामा नौ उद्योग

कात्तिक ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँ–तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याएको छ ।

Muktinath Bank

दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेयपदार्थ उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका चार गरी नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसमा कैलालीका प्रशोधित पानी उद्योगहरु कैलाली वाटर इन्डष्ट्रिज धनगढी, न्यू एभरेष्ट अनुज उद्योग टीकापुर, एक्वा कर्णाली अमृत एन्ड बेभरेज इन्डष्ट्रिज लम्किचुहा, एनकेडिजे बेभरेज एन्ड प्याकिङ उद्योग लम्किचुहा र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगमा अनुज एभरेष्ट उद्योग टीकापुर रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

कञ्चनपुरका प्रशोधित पानी उद्योगहरुमा डेली ड्रिङ्किङ वाटर एन्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास, कौशल कञ्चन मिनरल्स झलारी, ब्लू बर्ड वाटर ट्रिटमेन्ट एन्ड सप्लायर्स भीमदत्त र शिवशङ्कर वाटर एन्ड मल्टी प्रोडक्सन भासी रहेका छन् ।

Vianet communication
Laxmi Bank

कैलालीको कैलाली वाटर इन्डष्ट्रिज धनगढी र  कञ्चनपुरको डेली ड्रिङकिङ वाटर एन्ड मल्टी प्रोडक्सन उद्योग पुनर्वास प्रशोधित पानी उद्योगले अपनाउनुपर्ने स्वच्छता मापदण्ड पालना नगरेको हुँदा मापदण्ड सुधार नगरे सम्मका लागि सिलबन्दीसहित उत्पादन रोक्का राखिएको र अटेर गरी उत्पादन गरे खाद्य ऐनबमोजिम कारबाही गरिने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालको भनाइ छ ।

त्यसैगरी, कैलाली र कञ्चनपुरका अन्य प्रशोधित पानी उद्योग र चिसो पेयपदार्थ उत्पादन गर्ने उद्योगले अपनाउनुपर्ने स्वच्छता मापदण्ड पालना नगरेको हुँदा उक्त मापदण्ड सुधार नगरेसम्मका लागि उत्पादन रोक्का राखिएको  र यदि अटेर गरी उत्पादन गरे खाद्य ऐनबमोजिम कारबाही गरिने बताइएको छ ।

बजार, मिठाई पसल तथा होटल अनुगमन  

कैलालीको धनगढी, अत्तरिया, सुखड, टीकापुर र चिसापानीमा रहेका खाद्य, मिठाई पसल तथा होटलहरुको अनुगमन गरिएको छ । “अनुगमनका क्रममा धेरैजसो पसलमा म्याद गुज्रेको खाद्यपदार्थ (बेकरीजन्य, चिसो पेयपदार्थ) पाइएकामा उक्त खाद्यपदार्थ जफत गरिएको छ”, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत दाहालले भने, “कतिपय सिलबन्दी खाद्यमा लेबल नराखेको र कतिपयको लेबलमा उत्पादन मिति र उपभोग्य मिति स्पष्ट उल्लेख नगरिएको (चामल, मैदा, दालजन्य) पाइयो ।”

त्यस्तै, बजार अनुगमनबाट कतिपय उद्योगहरुले मापदण्डअनुरुप काम नगरेको पाइएकाले त्यस्ता उद्योगहरुलाई उक्त मापदण्ड सुधार गर्न निर्देशन दिइएको उनले बताए ।

खाद्य पसलहरुले आफ्नो पसलमा लेबल नभएको र म्याद गुजे्रको खाद्य पदार्थबारे विचार नगरेकामा अबदेखि सुधार गर्न निर्देशन दिइएको र कतिपय मिठाई पसल र होटेलले असल स्वच्छता अभ्यासको मापदण्ड पूरा नगरेको पाइएकामा सो सुधार गर्न निर्देशन दिइएको बताइएको छ ।

त्यस्तै, कञ्चनपुरको महेन्द्रनगरमा संयुक्त अनुगमन समितिबाट बजार अनुगमन गरिएको छ । अनुगमनमा खाद्य किराना मिठाई, हल्का पेय तथा अल्कोहलिक पेयपदार्थहरु, तरकारी पसल, मासु पसलहरु लगायतको अनुगमन गरी केही म्याद गुज्रेका (हल्का पेय, चिया) ढुसी परेको बदाम र ढुसी परेको नरिवल खुल्ला खाद्यपदार्थ जफत गरिएको छ । स्वच्छता मापदण्ड विपरीत सञ्चालित मासु पसलहरुलाई स्वच्छता सुधारका लागि निर्देशन दिइएको बताइएको छ । 

नुनको गुणस्तर अनुगमन सम्बन्धमा  सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आयोडिनयुक्त नुन आपूर्ति गर्ने संस्था साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढ़ीले भारतबाट आयात गरी धनगढीमा रहेको प्रशोधन युनिटबाट प्याकिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने गरेको नुनको आयात प्रक्रिया, प्रशोधन प्रक्रिया, भण्डारण र बिक्री वितरण प्रक्रियालगायत नुनको गुणस्तर नियन्त्रण प्रक्रिया सम्बन्धमा स्थलगत अनुगमन गरिएको जनाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x