×

NMB BANK
NIC ASIA

पानी लिफ्ट गरेर सिंचाइ गर्न विद्युतीकरण गरिँदै

कात्तिक ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हलेसी तुवाचुङ नगरपालिकाको कोशी करिडोर क्षेत्रमा सिँचाइ  गर्नका लागि पानी लिफ्टमार्फत तान्न विद्युतीकरणको तयारी गरिएको छ । नगरपालिकाभित्रका दूधकोशी र सुनकोशी किनारमा रहेका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन आवश्यक पानी लिफ्ट गर्न हाइटेन्सन लाइन(एचटी लाइन) विस्तारको तयारी गरिएको हो । 

Muktinath Bank

उक्त नगरपालिका–२ को डिकुवाबाट रातमाटेदेखि सुनकोशीसम्म, वडा नम्बर–३ च्यास्मिटारको पिपलटारबाट सुनकोशीसम्म, वडा नम्बर–४को बडहरेबाट घोपाटार दूधकोशीसम्म, वडा नम्बर–६को मङ्गलटारबाट भदौरे दूधकोशीसम्म, वडा नम्बर–९को सल्लेबाट हात्तीटार दूधकोशीसम्म, वडा नम्बर–१० अर्खौलेको शिखरकटेरीबाट सुनकोशीसम्म, वडा नम्बर–११को राजापानीबाट भाटबेँसी सुनकोशीसम्म एचटी लाइनका लागि विद्युतीकरण गर्न लागिएको नगरप्रमुख इवन राईले बताए । “उज्यालो नगरपालिका अभियान अन्तरगत हाल नगरपालिकाका सबै वडामा विद्युत विस्तारको काम भइरहेको छ”, उनले भने, “शाखा लाइनबाट नदीको पानी तान्न सम्भव नहुने भएकाले खेतीयोग्य जमिन भएका कोशी करिडोरमा हाइटेन्सनलाइन विस्तार गर्ने र नदीको पानी तानेर गाउँमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ काम शुरु गरिएको हो ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिविकोपार्जनको आधार तयार गर्ने लक्ष्यकासाथ सिँचाई सुविधा पु¥याउनका लागि विद्युतीकरण गर्न नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा रू दुई करोड २४ लाख ६० हजार ५२२ (भ्याट सहित) बजेट स्वीकृत गरेको जनाइएको छ । प्राधिकरणले असोज २८ गते एचटी लाइन विस्तार, पोल तथा ट्रान्सफर्मर जडानका लागि रू एक करोड ८९ लाख ४२ हजार ३०६ तथा ज्यालाका लागि रू ३५ लाख १८ हजार २१६ बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो ।


Advertisment
Nabil box
Kumari

बजेट स्वीकृत भएसँगै टेण्डर प्रकृया अघि बाढाइसकिएको नगरपालिकाले जनाएको छ । कोशी करिडोरमा नदीको पानी तान्नका लागि विद्युतीकरणको काम गर्न नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रसँग गत असोज २२ गते प्रकृया अघि बढाएको थियो । 

Vianet communication
Laxmi Bank

सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकाको बडहरेको घोपाटार, खोक्सेलीबेँसी, डिकुवाको रातमाटे, मङ्गलटारको महादेवबेँसी र टिम्मुरे, डिकुवाको डिकुवा, राजापानीको भाडबेँसीलगायत कोशी करिडोरमा रहेको खेतीयोग्य जमिनमा नदीको पानी तानेर खेती गर्न सकिने सम्भावना छ । ती स्थानमा खानेपानीसमेत ट्याक्टरमा ढुवानी गरेर ल्याइएको दूधकोशी तथा सुनकोशी नदीको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको र  क्षेत्रमा अन्नबाली लगाउन वर्षे पानीको मात्र भर पर्दै आउनुपरेको थियो  । 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको  धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा  बृहत हलेसी लिफ्टिङ खानेपानी आयोजनाको कामसमेत तीव्रगतिमा भइरहेको छ।

करिब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा नदीको पानी निकालेर गाउँमा वितरण गर्ने तयारी गरिएको छ । नदीबाट पानी तान्नका लागि सडक निर्माण, विद्युत विस्तार र वितरण केन्द्रको ट्याङ्की निर्माणको काम  भइरहेको छ । 

महादेवस्थान, दुर्छिम, मङ्गलटार र बडहरेका लागि दूधकोशीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा र बडहरेका उपभोक्ताका लागि दूधकोशीकै पिप्लेबाट लिफ्टिङ गरेर  पानी निकाल्ने काम भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x