×

NMB BANK
NIC ASIA

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

कात्तिक ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो ।

Muktinath Bank

अनलाईन सुपर किडस् नृत्य तथा गायनको प्रतियोगिता २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा प्रकाशित गरिएको छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरबसी प्रतियोगीले आफ्नो भिडियो मार्फत प्रतियोगितामा भाग लिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा कपन निवासी सात वर्षीय आज्ञ थपलिया सुपर किड्स गायन किड्सका विजेता बन्न सफल हुनुभएको छ भने १९ वर्षीय बसुन्धरा निवासी पदम कार्की टीन्सतर्फ विजेता हुनुभएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै सुपर प्रिकिड्स नृत्यतर्फ विराटनगर निवासी पाँच वर्षीय बालक दिवम रखेचा विजेता हुनुभएको छ । किड्समा बिर्तामोड निवासी नौ वर्षीय पद्मजा कार्की र काठमाडौं बुढानिलकण्ठ निवासी १३ वर्षीय सोनी लामा तमाङ विजेता भएका छन् ।

Vianet communication
Laxmi Bank

सो नृत्य र गायन प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट १६० जना चारदेखि १९ वर्षका बालबालिकाले भाग लिएका थिए । उक्त प्रतियोगितामा उत्कृष्ट ५०, ३०, २० र पाँच गर्दै टप थ्री ग्राण्ड फइनल नतिजा सार्वजनिक गरिएको थियो ।

प्रतियोगीतमा प्रि किड्स, किड्स र टीन्स समुहमा बालबलिकालाई विभाजन गरिएको थियो । हरेक राउण्डमा प्रतियोगिले आफ्नो नृत्य र गायनको भिडियो पठाई सहभागिता जनाउनुपर्ने थियो । प्रतियोगितामा नृत्यतर्फ डीआइडी सिजन-६ र डान्स प्लसका अन्तिम प्रतिस्प्रर्धी सुजन मार्फा तामाङ अफिसयल निर्णयक हुनुहुन्थ्यो भने गायनतर्फ अफिसयल निर्णयकका रूपमा ध्रमेन्द्र सेवान रहेका थिए ।

गायनतर्फ किड्समा अर्नभ बन फष्ट रनरअप आशनया बिनाड़ी सेकेण्ड रनरअप, टिन्समा विक्रम वस्नेत फष्ट रनरअप, प्रियांकुस गौतम सकेण्ड रनरअप भए भने नृत्यतर्फ प्रि किड्समा सिया जोसी फष्ट रनरअप, दृष्टि धिमाल सकेण्ड रनरअप, किडसमा कृश तामाङ फष्ट रनरअप, सक्षी सहानी सकेण्ड रनरअप हुन सफल भएको छ । यस्तै टिन्समा ओम राजवंशी फष्ट रनरअप, अपूर्भ कर्मचार्य सकेण्ड रनरअप हुनुभएको छ ।

कार्यक्रममा प्रतियोगीको छनोट उत्कृष्ट ५० देखि पाँचसम्म निर्णयकले गरेका थिए भने उत्कृष्ट तीन भोटिङको आधारमा गरिएको थियो । भोटिङका लागि प्रतियोगिले देश विदेशदेखि अनलाइन भोटिङको सिस्टम थियो जसमा ग्लोबल अनलाइन पे बाट भोट गर्नुपर्ने थियो ।

प्रतियोगिताका विजेतालाई तिहार लगतै काठमाडौंमा एक कार्यक्रको आयोजना गरी पुरस्कार वितरण गरिने बताइएको छ । विजेतालाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने साथै उत्कृष्ट पाँचमा पर्न सफल लाई पनि म्युजिक भिडियोमा अवसर प्रदान गरिने कार्यक्रमका आयोजक कमल निकोन क्षेत्रीले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x