माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको छ ।
यो कार्ड जारी गर्नका लागि जिम्मेवारी पाएको कृषि विकास बैङ्कले धेरै प्राविधिक काम पूरा गरिसकेको छ । बैङ्कका प्रवक्ता हिमलाल पौडेलले कार्डका लागि सम्पूर्ण तयारी पूरा भएको भन्दै अन्तिम चरणमा पुगेको र कार्यविधि तयार भएपछि सम्भवतः दशैँपछि कार्ड वितरण शुरू गर्ने तयारीमा रहेको बताए ।
कार्यविधिमार्फत क्रेडिट कार्ड कसरी सञ्चालन गर्ने, कस्ता ग्राहकलाई दिने, ग्राहक पहिचान कसरी गर्ने, खाता भएकालाई मात्रै दिने कि नभएकालाई पनि दिनेलगायतका विषयमा आवश्यक व्यवस्था गरिएपछि शुरू गर्न लागिएको उनको भनाइ छ ।
नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि सहजै मल, बीउ, कृषि औजारलगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था गरिएको छ । कृषि विकास मन्त्रालयले समेत आफ्नो नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले कृषि विकास बैङ्कलाई सुम्पेको छ ।
किसान क्रेडिट कार्ड सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा हुने किसान क्रेडिट कार्ड चिप्समा नभई क्यूआर कोडमा आधारित हुने उनले बताए । एटीएम बुथमा नचल्ने यो कार्डले सुरुवाती चरणमा कृषि विकास बैङ्कबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैङ्कसम्म किसान धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताइएको छ । साथै बैङ्कले नगद भुक्तानी प्रदायक गाउँ स्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएका बेला नगद लिनसक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुने प्रवक्ता पौडेलको भनाइ छ ।
सरकारी तयारी यस्तो रहे पनि निजी बैङ्कले भने किसान क्रेडिट कार्ड वितरण गर्न थालिसकेका छन् । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले अरू बैङ्कले पनि ल्याइरहेको कार्डबाट धेरै किसान लाभान्वित हुने भन्दै उनले भने, “तर मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार कृषि विकास बैङ्कले ल्याउन लागेको हो । ”
किसान क्रेडिट कार्ड बनेपछि स–साना कृषि कामका लागि चाहिने थोरै रकम निकाल्न कृषक बैङ्कसम्म पुग्नुपर्दैन भने हरेक गाउँमा पैसा होल्ड गर्ने तथा पैसा खेलाउने मान्छेलाई बैङ्कले भुक्तानी प्रदायक तोक्ने भएका कारण बैङ्कभन्दा टाढा हुँदा पनि कृषकले आफ्नो कृषि कर्म अगाडि बढाउन सक्छन् ।
प्रविधिमा किसानलाई अभ्यस्त बनाउने कुरा सुरुमा जटिल हुने कुरालाई मध्यनजर गर्दै बैङ्कले बिस्तारै शुरू गर्ने, मर्चेन्ट बनाउने, प्रयोग गर्न सिकाउने, कार्यान्वयनको अवस्था हेर्ने र सफल नभएको अवस्था आयो भने पुनः सिकाउँदै लैजाने योजना बनाएको छ । किसान क्रेडिट कार्डले किसानलाई उत्पादन, पुँजी र बीउ तथा उत्पादनका साधनदेखि बजारसम्म जोड्ने आपूर्ति शृङ्खला निर्माण हुने बैङ्कले जनाएको छ ।
बैङ्कले निर्माण गरिरहेको सफ्टवेयरमा किसानले लिएको ऋण, सरकारबाट पाएको अनुदान, आफ्नो कृषि उत्पादनको अवस्था, कृषि औजार उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेतको सूचना ड्यास बोर्डमार्फत प्राप्त गर्नसक्ने तथा आफूले राख्नसक्ने बैङ्कका प्रवक्ता पौडेलको भनाइ छ । कृषि उत्पादनको समग्र चक्रसहित किसानलाई बजार र कृषिसँग सम्बन्धित सबै निकायसँग जोड्ने सुविधासहितको सफ्टवेयर नै किसान क्रेडिट कार्डको विशेषता भएको उनले बताए ।
कृषि विकास बैङ्कबाट कृषि कर्जा लिएपछि ऋणको प्रकृतिअनुसार केही रकम किसानले पहिल्यै लैजान्छन् । त्यसपछि कृषि कर्मको अर्को चरणका लागि चाहिने पैसा लिन किसान चेक बोकेर पुनः बैङ्कको शाखासम्म पुग्नुपर्ने झन्झटबाट क्रेडिट कार्ड बोक्ने किसान मुक्त हुने छन् ।
क्रेडिट कार्डवाहक कृषकलाई पैसा चाहिएको सूचना बैङ्कले पाएपछि आफूले तोकेको भुक्तानी प्रयोगकर्तालाई एकपटकका लागि प्रयोग हुने युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ र सोही आधारमा भुक्तानी प्रदायकले किसानलाई रकम उपलब्ध गराउने भन्दै बैङ्कका प्रवक्ता पौडेल ग्रामीण बजार केन्द्रमा भएका व्यक्तिहरूलाई पनि सिस्टममा इनरोल गर्ने र किसानका लागि आवश्यक नगद स्थानीय तहबाट नै सिर्जना गरिदिने पनि कार्डको उद्देश्य भएको बताउँछन् ।
निजी बैङ्कबाट धमाधम
पछिल्लो समय निजी क्षेत्रका बैङ्कले पनि किसानको समृद्धिका लागि र व्यावसायिक किसानलाई प्राथमिकतामा राख्ने भन्दै धमाधम किसान क्रेडिट कार्ड सञ्चालनमा ल्याउन थालेका छन् । झन्डै एक महिना अगाडि सिभिल बैङ्कले ‘किसान समृद्धि कार्ड’को सुविधा सञ्चालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरूप सम्पूर्ण कृषकको समृद्धिका लागि बैङ्कले क्रेडिट कार्ड सेवाको सुरुवात गरेको हो ।
कुनै पनि कृषि पेसामा आबद्ध ग्राहकलाई लक्षित गरी ल्याइएको सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रूपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाका रूपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको बैङ्कले जनाएको छ । मेगा बैङ्कले व्यावसायिक किसानलाई प्राथमिकतामा राख्दै दुई साता अगाडि ‘मेगा किसान कार्ड’सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा शुरू गरेको छ । गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले खबर लेखेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...