कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
किन बगिरहेछ
यो जिन्दगीमाथि आँसुको भेल
किन मडारिरहेछ
यो आकाशमा पारमाणविक फ्युजनको बादल ?
किन जमिरहेछन्
समयको फ्रिजभित्र मान्छेका मनहरू
र किन फुलिरहेछन्
यो सिङ्गो पृथ्वीमाथि राता पप्पी फूलहरू ?
म त,
किनारामा उभिएको मान्छे !
हेरिरहेछु आज
कसरी बग्दैछ
धमिलो पानीसँगै इतिहासको आफ्नो अनुहार ?
सिरानघरे घिसिङ थेबाले
खोरियामा हलगोरु नार्दै छन् कि
उनैलाई नारेर
गैह्रीखेत जोतिरहेछ – यो देश !
भोका तारहरू
रेटिरहेको यो सारङ्गीले
जीवनको गीत गाइरहेछ कि
मानवशास्त्रको सौन्दर्य मेटाइरहेछ ?
र सहर छिरेर
हराएको कुमाल कान्छाले
श्रमको बजारमूल्य थापिरहेछ कि
आफूले आफैंलाई बेखबर बेचिरहेछ ?
म त,
किनारामा उभिएको मान्छे !
नियालिरहेछु आज
कसरी कुल्चिँदै छ
दरबारको खुरले सुत्केरी आमाका नानीहरू ?
धनुषकाँड बोकेर
सिकार खेलिरहेको पारुहाङ
थाहै नपाई
किन आफैं सिकार बनिरहेछ ?
उदाङ्गो पेटीमा बसेर
समाजशास्त्रको भोटो सिलाउन
आफूजस्तै बुढो कल
हरदम घुमाइरहने निठुरामको
किन यसरी टुटिरहन्छ – जीवनको धागो ?
आफैंलाई गालेर
दर्शनशास्त्रमा पाइन हाल्न
आरन फुकिरहेको बाटुलचनको
किन भत्किरहन्छ – स्वाभिमानको धौलागिरि ?
म त,
किनारामा उभिएको मान्छे !
साक्षी बनिरहेछु आज
कसरी खाँदैछन् धमिराहरूले
जिन्दगीका सारा विजयसालका बोटहरू ?
कसले नार्दैछ – जुवामा मान्छे
किन मेटिँदैछ – जीवनको गीत
कसरी निभ्दैछ – विचारको उज्यालो
कसले उधार्दैछ – समाजशास्त्रको भोटो
र कहाँबाट चोरिँदैछ – श्रमको बजारमूल्य ?
सबका सब थाहा छ मलाई
मान्छे,
किनारामा उभिए पनि
यो माटोको माया त नघट्दोरहेछ !
पानी अन्तै बगेर जान्छ
तर किनारा त,
नदीले बगाएको आफ्नो मन
फर्की आउने आशमा युगौं पर्खिरहँदोरहेछ !
जति कुल्चिन सक्छौ
निशङ्कोच कुल्च मेरो छातीमा
र धित् मरुञ्जेल उडाऊ – यो आदिवासी धूलो !
तिम्रो भरोसाको स्तम्भ ढालेर
यो भुइँको नाम लेख्न
अब म अन्तिमचोटि उठ्ने बेला भएको छ !
म त,
किनारामा उभिएको मान्छे !
बुझ्दै छु आज
किन डराउँछन्
उनीहरू ऐना अगाडि उभिन
र किन हराउँदैछ - मेरो जीवनको रङ ?
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...