×

NMB BANK
NIC ASIA

अहिलेको दशैंमा सबैलाई गाह्रो छ । न त खसी किन्न सजिलो छ, न त घरमा पाहुना बोलाउनु नै । अघिल्ला दशैं जस्तो आम्दानी पनि छैन ।

Muktinath Bank

नेपालीको महान् चाड बडादशैं सबै नेपालीको घरआँगनमा आइपुगिसकेको छ । मिठो खाने र राम्रो लगाउने भनेर चिनिएको महान् चाड कोरोना महामारीका कारण विगतका वर्षभन्दा अलि भिन्न बन्न पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पनि दशैं त दशैं नै हो, ऋण गरेर मनाउने संस्कार रहेको हाम्रो समाजमा सुरक्षा अपनाएर मिठो खाने, राम्रो लगाउने र रमेर दशैं मनाउन कुनै असर रहन्न । किनकि दशैं परापूर्वकालदेखि नै हर्ष उल्लासका साथ मनाउँदै आइएको छ ।


Advertisment
Nabil box
Kumari

कुनै पनि खाना पकाउँदा सम्पूर्ण सामग्री हालेर पनि प्रक्रिया नमिल्दा फरक–फरक स्वाद हुन्छ । तसर्थ ध्यानपूर्वक मेहनत साथ र प्रेमपूर्वक पकाउनुभयो भने तपाईंले पकाएको खाना स्वादिष्ट बन्छ ।

Vianet communication
Laxmi Bank

दशैं भन्दैमा मासुका परिकार मात्र नियमित खानु गलत हो । तसर्थ बीच–बीचमा हरियो सागपात, सब्जी, सलाद, मौसमी फल खाने गर्नुपर्छ । दशैंको शुभ अवसर पारेर हामीले केही प्रमुख नेपाली खानाका परिकार पस्कने जमर्को गरेका छौं । 

खसीको लेदोबेदो

सामग्री: १ किलोग्राम खसीको मासु, २ वटा प्याज, मध्यम आकारको २ वटा गोलभेडा, २ चम्चा अदुवा, लसुनको पेस्ट, १ चम्चा गरम मसला (ल्वाङ, सुकमेल, जाइफल, मरिच, दालचिनी), १ चम्चा धनिया, बेसार, खुर्सानी, जिराको धुलो, ३ चम्चा तोरीको तेल, १ मुठा धनियाको पात, आधा चम्चा टिमुरको धुलो, १ चम्चा मेथी, स्वाद अनुसार नून ।

विधि: कराइ, प्रेसर कुकर वा हुन्डीमा तोरीको तेल तताउनुस् । त्यसमा मेथी दाना पड्काएर प्याजलाई खैरो हुने गरी भुट्नूस् । त्यसपछि तेजपत्ता हाली चलाउनुस् र १ चम्चा बेसार मासु हालेर केही समय भुट्नुपर्छ । बिस्तारै अन्य मसला, अदुवा, लसुनको पेस्ट हालेर मन्द तापक्रममा पकाउनुपर्छ । अन्त्यमा मसिनो गरी काटेको गोलभेडा हालेर केही पकाउने र अन्तिममा धनिया राखेपछि खसीको लेदोबेदो तयार हुन्छ ।

मटन बिर्यानी

सामग्री: १ किलोग्राम खसीको मासु, १ चम्चा बेसार, ६० एमएल तोरीकोे तेल, स्वाद अनुसारको नून, २ चम्चा घ्यू, सम्पूर्ण गरम मसला नपिसेको दाना ६० ग्राम, २ चम्चा जिरा धनियाँको धोलो, १ चम्चा खुर्सानीको धुलो, २ चम्चा अदुवा लसुनको पेस्ट, ३ वटा प्याज, १ डाडु दही, १ किलोग्राम बिर्यानी चामल, १५ ग्राम पुदिनाको पात, १ मुठा धनियाँको पत्ता, ४ वटा तेज पात, फूड कलर पिन्च, २ चम्चा गुलाफ जल, १०० ग्राम भुटेको सुक्खा प्याज, स्वाद अनुसार नून, ८० ग्राम काजु ।

विधि: भाडामा तेल तलाएर खैरो हुने गरी प्याज भुट्नुपर्छ र प्याज खैरो हुनासाथ गरम मसला हाल्ने र केही समयपछि खसीको मासु राख्नुपर्छ । मासुलाई केही समय भुटेपछि अन्य मसलाहरू हालेर ग्रेभी तयार गर्नुपर्छ । मासु पाक्न थालेपछि दही हाल्ने र एकछिन चलाएपछि चुलाबाट बाहिर निकाल्नुपर्छ ।

अर्को भाडामा मज्जासँग पानी उमाल्नुपर्छ । त्यसमा सम्पूर्ण गरम मसलाको दाना र तेजपत्ता हालेर २० मिनेटसम्म पकाउनुपर्छ । त्यही पानीमा भिजाएको बिर्यानी चामललाई राख्नुपर्छ । चामललाई ७० प्रतिशतसम्म पाक्न दिनुपर्छ । त्यसपछि चामलबाट पानी तार्नुपर्छ । तह–तह बनाएर मासु र चामल मिलाएर राख्दै जानुपर्छ । अनि बीच–बीचमा भुटेको प्याज, धनियाँ र पुदिनाको पात राख्नुपर्छ । त्यही घ्यू र पहेंलो फूड कलर पनि राख्दै जानुपर्छ । ३ वा ४ लेयर भएपछि राम्ररी आल्मुनियम पेपरले छोप्नुपर्छ र सानो आगोमा आधा घण्टा पकाउनुपर्छ । त्यसपछि बिर्यानी तयार हुन्छ । त्यसमा भुटेको काजु पनि राख्न सकिन्छ ।

खसीको भुटुवा 

सामग्री विधि: उसिनेर चिस्याएको खसीको फलमासुलाई बाक्लो कराइ वा तावामा तोरीको तेल तताएर रातो हुने गरी भुः – उसिनेर डाइस काटेको खसीको फलमासु ५०० ग्राम, तोरिको तेल २ चम्चा, अदुवा लसुन आधा चम्चा, नून स्वाद अनुसार, जिरा धनिया आधा चम्चा, खुर्सानीको धुलो आधा चम्चा, गरम मसल आधा चम्चा, मसिनो गरी काटेको प्याज १ पिस, धनिया आधा मुठा, हरियो खुर्सानी २ पिस, नेपाली ताजा घ्यू १ चम्चा, बेसार आधा चम्चा

विधिः खसीको उसिनेर चिस्याएको मासुलाई मसिनो डाइसमा काटेर तेल हालेर भुट्नुस् र प्याज, अदुवा लसुन काटेको हरियो खुर्सानी हारेर केही सानो रापमा भुट्नुस् । बेसार, जिरा, धनिया, खुर्सानीको धुलो, गरम मसला र मसिनो गरी काटेको गोलभेडा हालेर अझै ५ मिनेट पकाउनुस् र सुक्खा हुन थालेपछि १ चम्चा नेपाली घ्यू र काटेको हरियो धनिया हालेर चलाई निकाल्नुस् । सितन, खाजा वा भुजासँग खसीको भुटुवा खान सकिन्छ ।

खसीको आन्द्रे ससेज

सामग्री: खसीको राम्ररी सफा गरेको आन्द्रा आधा ५०० ग्राम, आलो खसीको रक्ती ३५० ग्राम, खसीको किमा १५० ग्राम, बोसो ५० ग्राम, अन्डा १ पिस, मैदा २ चम्चा, पिसेको डल्ले खुर्सानीको लेदो (पेस्ट) आधा चम्चा, जिरा धनियाको धुलो आधा चम्चा, मसिनो गरी काटेको धनियाको डाठ १ चम्चा, टिमुरको धुलो पिन्च, नून स्वाद अनुसार, अदुवा लसुन आधा चम्चा, तोरीको तेल आधा चम्चा

विधिः दिइएका सम्पूर्ण सामग्री हालेर राम्ररी मुछ्नुस् वा पेस्ट बनाउनुस् र सफा गरेर राखेको खसीको आन्द्रामा सानो पाइप र पोलिथिनको ब्यागको सहायताले भर्नुस् । ३–३ इन्चको फरक पारेर आन्द्रालाई भाच्नुस् र गाठो बनाएर ससेजको सेभ दिनुस् । केहीबेर झुण्ड्याएर सुक्खा बनाउनुस् । उम्लेको पानीमा गरम मसला र नून हालेर ससेजलाई उसिन्नुस् । राम्ररी पाकेपछि चिस्याउनुस् र थोरै तेल हालेर नन स्टिक प्यानमा डामेर स्नाक्सको रूपमा खान सकिन्छ ।  

डामेको खसीको फोक्सो  

सामग्रीः खसीको फोक्सो एक पिस, मैदा २५० ग्राम, अन्डा ४पिस, बेसन २ चम्चा, अदुवा लसुन आधा चम्चा, नून स्वाद अनुसार, बेसारको धुलो आधा चम्चा, खुर्सानीको धुलो आधा चम्चा, जिराधनियाको धुलो आधा चम्चा, मिक्स गरम मसला आधा चम्चा, हिङ पिन्च, तोरीको तेल ३ चम्चा, पानी आवश्यता अनुसार वा ६०० एमएल

विधिः तेलबाहेक माथि दिइएका सम्पूर्ण सामग्रीहरू हालेर हुइसले चलाई लेदो बनाउनुस् र सानो पाइप र दूधको पोलिथिनको सहायताले फोक्सोमा भर्नुस् । फोक्सोमा मिक्चर भर्नु अगाडि फुटेको छ वा छैन फुकेर हेर्नुस् । प्वाल परेको फोक्सोमा मिक्चर भर्न सम्भव हुन्न । राम्ररी डोरी वा धागोले फोक्सोको फूड पाइपलाई टाइट हुने गरी बाध्नुस् र उम्लेको पानीमा २५ मिनेट छोपेर सानो आचमा पकाउनुस् । चिसो हुन दिनुस् र स्लाइस काटेर बाक्लो नन स्टिक प्यानमा थोरै तेल हालेर डाम्नुस् र तातो–तातो खानुस् ।

खसीको चितवन तास

सामग्रीः बोसो र छाला फलमासु मिसिएको हाड नभएको खसीको मासु ५०० ग्राम, तोरीको तेल २ चम्चा, मसिनो गरी चप गरेको अदुवा लसुन ५० ग्राम, मसिनो गरी काटेको हरियो खुर्सानी ३ पिस, बेसार आधा चम्चा, नून स्वाद अनुसार, जिरा धनियाको धुलो आधा चम्चा, मरिचको धुलो पिन्च, खुर्सानीको धुलो पिन्च, अदुवा लसुन आधा चम्चा, गरम मसलाको धुलो आधा चम्चा, हरियो धनिया काटेको आधा मुठा, कागतीको रस २ पिसको, नेपाली घ्यू आधा चम्चा

विधिः चप गरेको अदुवा लसुन, खुर्सानी र हरियो धनियाबाहेक सम्पूर्ण सामग्री हालेर आधा तोरीको तेल मिसाएर मोल्नुस् र २४ घण्टा फ्रिजमा रेस्ट गरी राख्नुस् । भोलिपल्ट बाक्लो प्यान तताएर बाँकी रहेको आधा तोरीको तेल हालेर अदुवा, लसुन र हरियो खुर्सानीलाई मज्जाले ब्राउन हुने गरी भुट्नुस् र मोलेको मासु ओइराइदिनुस् । सानो आचमा चलाइचलाई भुट्नुस् र अन्त्यमा धनिया, घ्यू र कागती हाली भुजा र ग्रिन सलादका साथमा तातो–तातो खसीको तास सर्भ गर्नुस् । 

खसीको पक्कु 

सामग्रीः खसीको राम्रो खालको मासु १ किलो, तोरीको तेल ४ चम्चा, मेथी आधा चम्चा, होल गरम मसला ५ ग्राम, अदुवा लसुन १ चम्चा, बेसार १ चम्चा, जिरा धनियाको धुलो १ चम्चा, नून स्वाद अनुसार, खुर्सानीको धुलो आधा चम्चा, सुकेको खुर्सानी ४ पिस, गरम मसलाको धुलो १ आधा चम्चा, नेपाली घ्यू १ चम्चा 

विधिः पित्तलको बाक्लो कसौडीमा तेल तताएर मेथी पुराउनुस् र सुकेको खुर्सानी र होल गरम मसला हालेर ब्राउन बनाउनुस् । काटेको मासु खन्याएर सानो आचमा चलाइचलाई ३० मिनेट छोपेर पकाउनुस् । पट्टपट्ट गरेर पड्कन थालेपछि अन्त्यमा बाँकी मसला हालेर ५ मिनेट भुट्नुस् र घ्यू हालेर तातो–तातो सर्भ गर्नुस् । 

खसीको कटिया

सामग्रीः काटेको खसीको मासु १ किलोग्राम, तोरीको तेल ४ चम्चा, ठूलो–ठूलो पिस गरेर काटेको प्याज २–४ पिस, अदुवा लसुन १ चम्चा, गरम मसला आधा चम्चा, जिरा धनिया आधा चम्चा, खुर्सानीको धुलो आधा चम्चा, सुकेको होल खुर्सानी ४ पिस, बेसार आधा चम्चा, नेपाली घ्यू आधा चम्चा, नून स्वाद अनुसार

विधिः सम्पूर्ण सामग्री हालेर मोल्नुस् र १ दिन रेस्टका लागि छोपेर राख्नुस् र माटोको सानो घैटामा भरेर राम्ररी टाइट हुने गरी छोप्नुस् र आगोको भुंग्रोमा आधा घण्टा पकाउनुस् र भुजा वा चिउरासँग तातो–तातो सर्भ गर्नुस् । आगोको भुंग्रो छैन भने बाक्लो तावा वा ग्रिलमा राखेर पनि पकाउन सकिन्छ । तर आगोको भुंग्रोको स्वाद अलि भिन्न हालको हुन्छ । रौतहटमा निकै प्रख्यात यो खाना अहिले राजधानीमा पनि खुब चर्चा छ र पस्कन थालिएको छ । 

खसीको नली कबाब 

सामग्रीः खसीको खुट्टाको मासु १ किलोग्राम, तोरीको तेल ४ चम्चा, होल गरम मसला ३ ग्राम, सुकेको खुर्सानी ४ पिस, अदुवा लसुन पेस्ट १ चम्चा, मसिनो गरी काटेको प्याज १ पिस, गरम मसलाको धुलो आधा चम्चा, जिरा धनियाको धुलो १ चम्चा, खुर्सानीको धुलो आधा चम्चा, मरिचको धुलो पिन्च, नून स्वाद अनुसार, बेसार आधा चम्चा, नेपाली घ्यू एक चम्चा, हरियो धनिया आधा मुठा

विधिः बाक्लो कसौडी वा प्रेसर कुकर तताउनुस् र तोरीको तेल हालेर मेथी फुराउनुस् । होल गरम मसला र चिल्ली हालेर ब्राउन गरी अदुवा लसुन अनि काटेको प्याज हालेर फुराउनुस् । मासु खनाएर सानो आचमा पकाउनुस् र सम्पूर्ण मसला हालेर राम्ररी पकाउनुस् । राम्ररी पाकेपछि अन्त्यमा घ्यू र काटेको धनिया हालेर तातो–तातो बासमती भुजा या रोटीसँग सर्भ गर्नुस् । 

भेज विकल्प रोज्नेहरूका लागि केही छोटो जानकारी 

मसरुम छोइलाः उसिनेको च्याउलाई डामेर लसुन, अदुवा, तोरीको तेल कागती रस हालेर मेथी झानेर बनाइन्छ ।

पनिर छोइलाः पनिरलाई तेलमा तारेर चिसो नून पानीमा भिजाएर च्याउ जस्तै गरी छोइला बनाउन सकिन्छ । 

कुरिलो करीः एस्पारागस करी पनि सामान्य तरकारी जसरी आलु या च्याउमा मिसाएर बनाउन सकिन्छ र यो निकै स्वस्थ र स्वादिष्ट हुन्छ । 

तोफु चिल्लीः तोफुलाई तेलमा तारेर नून पानीमा भिजाएर पनिर चिल्ली जसरी नै सजिलै बनाउन सकिन्छ । 

पनिर सादेकोः पनिरलाई डामेर या तारेर नेपाली मसला र कागती हाली सादेर पनि खान सकिन्छ । 

निउरोको तरकारीः निउरोको तरकारी पनि शाकाहारीका लागि एक उपयुक्त र स्वस्थ विकल्प मानिन्छ र सजिलै बनाउन सकिन्छ ।   

क्वाटी सुपः ९ थरिका गेडागुडी भिजाएर उमारी पकाएर नेपाली मसला र घ्यूमा ज्वानो झानेर खान सकिन्छ । 

फलदारी कोफ्ता बिर्यानीः काचो केरा र ड्राइ फ्रुटको कोफ्ता बनाएर बिर्यानी ग्रेभीमा हाली चामलसँग दम गरेर पुदिना, काजु र घ्यू हालेर पकाउन सकिन्छ । 
 
पनिर पास्ताः पनिर हालेर सेतो क्रिमी र रातो दुवै ससमा पास्ताका साथमा चिज हालेर बनाउन सकिन्छ, जुन निकै स्वादिस्ट हुन्छ । 

पनिर मसरुम पिज्जाः पनिर, च्याउ, चिज हालेर पिज्जा पनि बनाउन सकिन्छ र जुन शाकाहारीका लागि उत्तम खाना मानिन्छ ।

कोफ्ता करीः आलु र मिक्स भेजको किमालाई बल बनाएर फ्राइ गरी पहेलो रिच नट र क्रिमी ग्रेभीमा पकाउन सकिन्छ । 

दाल पन्चमेलाः ५ थरिको दाल मिसाएर इन्डियन फ्रेश मसला र घ्यू वा बटर हाली बनाउन सकिन्छ ।

दाल मक्खनीः मासको गेडा दाल र राजमा भिजाएर पकाइ इन्डियन मसला, क्रिम, बटर हाली बनाउन सकिन्छ र निकै स्वादिष्ट मानिन्छ । 

पिडालु हालेको दाल जिम्बु झानेकोः कालो मासको दालमा पिडालु हालेर पकाइ घ्यूमा जिम्बु हाली झानेको दाल पनि निकै लोकप्रिय मानिन्छ ।

पनिर बिर्यानीः पनिरलाई दही हालेर बनाएको ग्रेभीमा बासमती चामललाई गरम मसला हालेर पकाइ दम गरी नभरत्न करीः मुगलाई तथा शाहीहरूको यो अती पोसिलो करी विभिन्न ९ सब्जी तथा फलफूल हालेर काजु र खुवाको रिच ग्रेभीमा बनाइन्छ ।

मिक्स भेज बिर्यानीः दही र गरम मसला हालेर तयार गरिएको मिक्स भेज करीलाई ८० प्रतिशत पाकेको चामलसँग घ्यू र ड्राइफ्रुट हाली दम गरी पकाइन्छ । 

फलदारी कोफ्ता बिर्यानीः काचो केरा र ड्राइ फ्रुटको कोफ्ता बनाएर बिर्यानी ग्रेभीमा हाली चामलसँग दम गरेर पुदिना, काजु र घ्यु हालेर पकाउन सकिन्छ ।

साग सब्जी फलफूलः मौसमी सागसब्जी र फलफूल नियमित खाने गर्नुपर्छ, जसले दशैंको समयमा भेज वा ननभेज दुवै समूहलाई सन्तुलित आहारबिहारमा मद्दत गर्दछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x