शंकर पोखरेलले खोले रहस्य, मोदीको सन्देश बाहक बनेर आएका थिए रअ प्रमुख

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बाहकका रुपमा नेपाल आएको खुलासा गरेका छन् । 
प्रधानमन्त्री ओलीका निकट मानिने पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत सो खुलासा गरेका हुन् । 

प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई भेटेको बारे विभिन्न टिकाटिप्पणी भइरहेको बेला पोखरेलले भनेका छन्, ‘भारतीय प्रधानमन्त्रीको सन्देश बाहकका रुपमा ‘रअ’का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियति ? बुझ्न गाह्रो भो’, उनले भनेका छन् । 


Advertisement

 उनले आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्नुपर्नेमा जोड दिँदै नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद रहने कामना गरेका छन् । 
९ जनाको टोली सहित नेपाल आएका गोयलले प्रधानमन्त्री ओलीसँग बुधबार भेटवार्ता गरेका थिए । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्