३० किलोको ६ हजार तिर्दा पनि पाइँदैन चामल

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका  स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ । 

जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिउँदका समयमा हुन सक्ने खाद्यान्न संकटलाई ध्यानमा  राख्दै उपल्लो डोल्पाका तीन स्थानीय तहमा कात्तिकभित्रै खाद्यान्न ढुवानीका लागि माग गर्ने निर्णय गरेको हो ।


Advertisement

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा कात्तिकभित्र स्थलमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको  खाद्य सुरक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले जानकारी दिए । 

कोरोना भाइरसका कारण मुख्य आम्दानीको स्रोत यार्सागुम्बा टिप्न नपाउनाका साथै ठेकेदारले चिनियाँ मार्ग हुँदै चामल, नुनलगायत सहुलितको खाद्यान्न ढुवानीका लागि प्रवेशाज्ञा नपाएपछि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ ।


Advertisement

सहुलियत मूल्यमा पाइने सरकारी चामल नगएपछि ३० किलोको रु छ हजार तिरेर खोजीखोजी बजारिया चामल प्रयोग गर्न बाध्य भएको उपल्लो डोल्पालीको गुनासो छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्