×

NMB BANK
NIC ASIA

पोखरामा थप ३ जना कोरोना संक्रमितको मृत्यु

कात्तिक ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पोखरामा थप ३ जना मानिसको मृत्यु भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार पोखराका विभिन्न ३ अस्पतालमा गरी ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने कोरोना संक्रमित सबै पुरुष हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा २२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान साढे ९ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । 


Advertisment
Nabil box
Kumari

कोभिड–१९ सहित निमोनियाको समस्या रहेका उनमा असोज ६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई त्यसको भोलिपल्ट असोज ७ मा अस्पताल भर्ना गरिएको थियो । 

Vianet communication
Laxmi Bank

यस्तै, पोखरा ३२ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको पनि कोभिड–१९ का कारण मृत्यु भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शनिबार दिउँसो साढे ४ बजे मृत्यु भएको हो । अघिल्लो दिन कोरोना पुष्टि भएका उनमा निमोनिया, उच्च रक्तचाप, मधुमेह रोग समेत रहेकोमा आइसीयूमा राखेर उपचार हुँदै आएको थियो ।

उता, चरक मेमोरियल अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा–१ का ४२ वर्षीय कोरोना संक्रति पुरुषको शुक्रबार राति पौने ८ बजे मृत्यु भएको जानकारी २ दिनपछि मात्र सार्वजनिक गरिएको हो । उनमा निमोनिया समेत समस्या थियो । गत असोज ३ गत नै कोरोना संक्रमण पुष्टि भएकोमा उनको असोज ३० मा मात्र अस्पताल भर्ना गरिएको थियो ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x