×

NMB BANK
NIC ASIA

रुस र चीनबीच सैनिक गठबन्धन बन्न सक्ने पुटिनको संकेत

कात्तिक ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीच भविष्यमा सैन्य गठबन्धन हुन सक्ने बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

संसारको दोस्रो र तेस्रो सबभन्दा ठूलो सैन्यशक्ति भएका दुई मुलुकबीचको गठबन्धन कुनै कुनै क्षेत्रमा अमेरिकी सेनाभन्दा बढी शक्तिशाली हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुटिनले बिहीवार दिएको बयानले मस्को र बेइजिङबीचको सम्बन्ध गहिरिँदै गएको संकेत दिएको छ । अमेरिकासँग दुवै देशको तनाव चलिरहेको सन्दर्भमा यो बयान अर्थपूर्ण छ । 
 


Advertisment
Nabil box
Kumari

परराष्ट्रनीतिविद्हरूसँगको भिडियो कन्फरेन्समा पुटिनलाई मस्को र बेइजिङबीचको सैन्य गठबन्धन सम्भव छ भनी प्रश्न सोधिएको थियो । त्यतिखेर पुटिनले जवाफ फर्काएका थिए, ‘अहिले हामीलाई यो आवश्यक छैन तर सिद्धान्ततः यसको कल्पना गर्न सम्भव छ ।’

Vianet communication
Laxmi Bank

रुस र चीनले आफूहरूबीचको रणनीतिक साझेदारीको प्रशंसा गर्ने गरेका छन् तर सैन्य गठबन्धन बनाउने सम्भावनालाई चाहिँ अस्वीकार गर्दै आएका छन् । 

रुस र चीनको सेना ग्लोबल पावर इन्डेक्समा दोस्रो र तेस्रो स्थान स्थानमा छन् र अमेरिका मात्र उनीहरूभन्दा अगाडि छ । उनीहरू मिले भने चाहिँ कतिपय क्षेत्रमा अमेरिकाभन्दा माथि हुन्छन् । 

चीनसँग पूर्णकालीन सैनिक र स्थल सैनिक दुवै संसारमै सबभन्दा बढी छ । उसका पूर्णकालीन सैनिकको संख्या २१ लाख ८३ हजार छ भने स्थल सैनिकको संख्या १० लाख छ । 

रुससँग ९ लाख पूर्णकालीन सैनिक छन् भने ४ लाख स्थल सैनिक छन् । 

अमेरिकासँग १३ लाख ७२ हजार पूर्णकालीन सैनिक छन् भने ४ लाख ७५ हजार स्थल सैनिक छन् । 

रुस र चीनका सेना मिले भने अमेरिकासँग उनीहरूको भन्दा कम सशस्त्र गाडी, रकेट आर्टिलरी वाहन, लडाकू विमान र पनडुब्बी हुनेछन् । 

रुससँग अहिले नै संसारको सबभन्दा धेरै आणविक हतियारको भण्डार छ । उससँग ६३ सय ७५ वटा आणविक वारहेड छन् । चीनसँग २९० वारहेड छन् । 

अमेरिकासँग ५८ सय आणविक वारहेड छ । 

रुस र चीनबीच सैन्य गठबन्धन भयो भने त्यो निकै शक्तिशाली हुनेछ तर अमेरिकी सेनाको खर्च रुस र चीनको संयुक्तभन्दा पनि दुई गुणा बढी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x