सामसङका अध्यक्ष ली कुन–हीको मृत्यु

दक्षिण कोरियाको सामसङ कम्पनीका अध्यक्ष ली कुन–हीको आइवार निधन भएको कम्पनीले घोषणा गरेको छ । 

उनी लामो समयदेखि बिरामी थिए । मृत्युको क्षण उनी आफ्ना छोरा जे वाई लीसँग थिए । जे सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष हुन् । 


Advertisement

७८ वर्षको उमेरमा देहावसान भएका लीले आफ्ना पिता ली ब्युङ–चुलको चाउचाउ व्यापारलाई अगाडि बढाए अनि सामसङ कम्पनी खोलेर त्यसलाई देशकै सबभन्दा ठूलो कम्पनी बनाउन सफल भए । उक्त कम्पनीले विद्युतीय सामानदेखि बीमा, जहाज निर्माण र भवन निर्माणसम्म हात हालेको छ ।  

६ वर्षअघि उनलाई हृदयघात भएको थियो र त्यतिखेरदेखि नै उनी अस्पतालमा उपचाररत थिए । 


Advertisement

‘अध्यक्ष ली युगद्रष्टा थिए र उनले सामसङलाई विश्वकै अग्रणी नवप्रवर्तक तथा विशाल उद्योग बनाए,’ सामसङले एक विज्ञप्ति जारी गरेर जनायो । 

उनको जीवनकालमा सामसङ इलेक्ट्रोनिक्स दोस्रो दर्जाको टीभी निर्माताबाट राजस्वको सवालमा संसारको सबभन्दा ठूलो प्रविधि कम्पनी बनेको हो । उसले नोकियाको ह्यान्डसेट र एप्पलको स्मार्टफोन क्षेत्रको आधिपत्य तोडेको थियो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्