दशैंका दश दिन : कति छ धार्मिक महत्त्व ?

आयु द्रोणसुते श्रीयम दशरथे शत्रुक्षयं राघवे
एैश्वयं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने
दानं सुर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भक्षतां कीर्तिश्च नारायणे ।।

अस्वस्थामाको जस्तो आयु होस्, दशरथको जस्तो शत्रु पराजयको क्षमता होस् । नहुष राजाको जस्तो ऐस्वर्य, वायुको जस्तो गती, दुर्योधनको जस्तो मान, कर्ण जस्तो दानबीर, युधिष्ठिर जस्तो सत्यवादी, बिधुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति होस भनी विजया दशमीमा मान्यजनहरुवाट टिका, जमराका साथमा आर्शिवाद लिने गरिन्छ ।

रामले रावण र दुर्गाले महिषासुर जस्ता राक्षसहरुको वध गरी विजय प्राप्त गरेको पौराणिक कहानीसंग सम्बन्धित मानिने ऐतिहासिक दशैं पर्व दक्षिण एशियाका भारत, नेपाल, भुटान र बर्मा (म्यान्मार) लगायतका देशहरुमा भिन्न भिन्न प्रकारले मनाईन्छ । भगवानले विभिन्न अवतार लिई राक्षसहरु माथी विजय प्राप्त गरेका हुनाले विजया र दश दिन सम्म पुजापाठ, ब्रत र उमंगका साथ मनाईने हुँदा दशमी गरी हिन्दुहरुको सवैभन्दा ठुलो चाडको नाम विजया दशमी रहन गएको हो ।

आश्विन शुक्ल प्रतिपदादेखी शुरु भएको दशै दिनलाई बिजया दशमी भनिन्छ । नवरात्री पुजा र विजयादशमी गरी दशैंका दशै दिन ऐतिहासिक महत्वका साथ मनाईन्छ । प्रतिपदा(घटस्थापना) ,सप्तमी(फुलपाती), महाअष्टमी(कालरात्री), महानवमी, विजयादशाी र पुर्णिमा(कोजाग्रत) प्रमुख तिथिहरु मानिन्छन् ।

आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । नवरात्री प्रारम्भ हुने यसै दिन झिसमिसे बिहानिमै आफूलाई पायक पर्ने शुद्ध र पवित्र ठाउँवाट बालुवा वा पञ्च माटो ल्याई जौ, तिल, लगायतका अन्नको प्रयोग गरीन्छ । सातौं दिनलाई फुलपाती भनिन्छ । आठौं दिनमा महाअष्टम,ि नवैं दिनलाई महानवमी एवं दशै दिनलाई विजया दशम िभनिन्छ । र यी दिनहरुको हधिक महत्व रहेको पाईन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पुजा सामग्री फुलपाती आगनमा प्रवेश गराउने कार्य गरीन्छ ।

फुलपातीका दिन विषेश गरी सरस्वती तथा पुस्तक कापी कलम अनी मसीदानी आदिको पुजा गर्ने चलन रहेको पाईन्छ । किसानहरु यस दिन खेतमा गई चन्दन अक्षता र फुलले धानको पुजा गरी धानका बाला र बोट घरमा भित्रयाउँछन् भने फुल पातीका दिन गोरखा दरबारको दशैं घरवाट ल्याईएको फुलपाती राजधानी काठमाण्डौंको जमलमा ल्याई बढाइँ साथ हनुमानढोका दरबारमा भित्राईन्छ ।

नवरात्रिको आठौं दिनमा महाकली –भद्रकाली)को विषेश पुजा आजा गरिन्छ । देवी भावगत अनुसार प्रचिन कालमा दक्षप्रजापतीको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली(करोडौं योनि शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको धार्मिक कथन रहेको छ । पुजा पश्चात् यी देवीलाई बोका कुखुरा हाँस राँगो आदि बलि दिईन्छ ।

अष्टमीको दिन काठमाण्डौंको तलेजु भवानीको मन्दिर पनि सर्वसाधारणका लागि खुल्ला रहन्छ । यसै दिन दशैं घर (हनुमानढोका)को मुल चोकमा तलेजु भवानीलाई ५४ राँगा ५४ बोका र त्यतीनै कुखुरा र हाँसको बलि अर्पण गर्ने प्रचलन रहेको छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपुजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पुजा गर्दछन् र दशमीमा विसर्जन गर्दछन् ।

नवरात्रिको नवौ दिन विशेष गरी महालक्ष्मी देविको पुजा आजा गरीन्छ । यसै दिन विहान कलपुर्जा, हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई बलि दिई विश्वकर्माको पुजा पनि गर्ने प्रचलन रहेको छ भने दशौ दिन अर्थात् विजयादशमीको दिन मान्यजनवाट भगवतीको प्रसाद स्वरुप अबिर र दहिमा मुछेको चामलको टीका निधारमा, कान र शिरमा जमरा लगाई दक्षिण लिईने दिईने गरिन्छ ।

सोह्र सामग्रीले भगवती दुर्गा र अरु देवी तथा देवताको पुजा गरी, नौ दिनसम्म गरेको पुजाको काममा कुनै त्रुटी भयो कि भनी त्यसलाई पुरा गर्नका लागि तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पुजा गरी यथाशक्ति हवन गरी जमरालाई पुजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरुलाई चढाई आरती र पुष्पाञ्जली गरिन्छ ।


Advertisement

यति गर्नाले कसैले पनि आफु माथि दमन –विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन अक्षता फुल छर्कदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ । आवाहनं नजानामि विसर्जनम् । पुजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्