×

NMB BANK
NIC ASIA

खल्लो भयो ट्राफिक प्रहरीको दशैं : साँचेको बिदा पाइएन, पारिवारिक जमघट भिडियोकलमै सीमित !

कात्तिक १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

‘बाबा हजुर दशैंमा कहिले आउने ? मलाई जुत्ता र मोटुपत्लुको झोला ल्याइदिनू है । मामुले भन्नुभएको सारी चाहिन्छ रे !’ 

Muktinath Bank

‘छोरी म अहिले आउन पाउँदिनँ । कोरोनाभाइरस छ । म जुत्ता र झोला पठाइदिन्छु, हस् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेसबूकको भिडियो कलमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी जवान सेतु सिंह थापा र ५ वर्षीया छोरीबीचको संवाद हो यो ।


Advertisment
Nabil box
Kumari

यसपालिको दशैंमा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ६ स्थित घरमा रहेकी छोरी र परिवारलाई भेट्न उनी जान पाएनन् ।

Vianet communication
Laxmi Bank

कोरोनाभाइरस महामारीमा आफ्ना कारण छोरी र परिवारलाई संक्रमण नफैलियोस् भन्ने उद्देश्यले पनि उनी घर जान खासै आकर्षित भएनन् ।

‘छोरीले घर आउनुस् बाबाभन्दा मुटु फुलेर आउँछ, मन कुँडिन्छ तर के गर्नु यस्तो अवस्था छ,’ सेतुले लोकान्तरसँग भने, ‘राष्ट्र सेवकले घर–परिवार भन्न कहाँ पाइन्छ र !’

‘बुवाआमाले बिदा मिलाएर आइज न छोरा भन्नुभएको छ, यस्तो अवस्थामा कसरी जानु ? कोरोनाभाइरसको संक्रमण हुन्छ भन्दा पनि उहाँहरूलाई बुझाउन अप्ठ्यारो छ,’ सेतुले थपे ।

उनले बुवाआमाको हातबाट टीका नलगाएको ३ वर्ष भैसक्यो ।

प्रहरी सेवामा प्रवेश गरेको १२ वर्ष पुग्न लागेको छ । अहिलेसम्म थोरैपटक मात्र उनले बिदा पाएका छन् ।

अघिल्लो–अघिल्लो वर्षको दशैं त सेतुले ड्यूटीमा हुँदा पनि रमाइलो तरिकाले मनाएका थिए । कार्यलय प्रमुख लगायत उच्च तहका प्रहरी अधिकृतको हातबाट टीका लगाएर आशीर्वाद लिएका थिए ।

ड्यूटी बाहेकको समयमा साथीभाइहरूसँग रमाइलो गरेका थिए ।

तर कोरोना महामारीका कारण यसपालिको दशैंमा भने त्यो पनि सम्भव भएन । 

*****
प्रहरी जवान पुष्पा जिसीलाई दशैंमा घर जान असाध्यै मन थियो । तर, उनी यसपालि पनि घर जान पाइनन् ।

प्रहरी सेवामा प्रवेश गरेको ३ वर्ष भयो तर यसबीचमा उनले आफ्ना बुवाआमाको हातबाट टीका लगाउन पाएकी छैनन् ।

सेवा प्रवेशको पहिलो वर्ष तालिमले गर्दा जान पाइनन् । अर्को वर्ष ट्राफिक प्रहरीको तालिमले गर्दा जान पाइनन् भने यो वर्ष कोरोना महामारीले बिथोल्यो ।

‘यो वर्ष दशैंमा घर जानुपर्छ भनेर बिदा साँचेर बसेकी थिएँ, तर कोरोनाका कारण सबै सपना तुहियो,’ पुष्पाले लोकान्तरसँग भनिन् ।

अघिल्ला वर्षहरूमा उनले यसपालिका लागि भाका राखेकी थिइन्, यसपटक पनि आउन पाइनँ भन्नुपर्दा उनको मन चसक्क भएको छ ।

विद्यालय पढ्दाका साथीभाइ पहिले नै गइसकेका छन् । हामीले यस्तो गर्‍यौं, उस्तो गर्‍यौं, तँ आउँदिनस् ? भन्दा उनको मन चसक्क हुन्छ । 

‘साथीभाइले यस्तो उस्तो गर्‍यौं भन्दा भर्खरै जाऊँ जस्तै लाग्छ,’ पुष्पाले लोकान्तरसँग भनिन्, ‘तर के गर्नु राष्ट्र सेवक भएर काम गरेपछि साथीभाइ बुवाआमा भन्न नपाइने रहेछ ।’ 

यद्यपि यस्तो महामारीका बेलामा पनि जनताको सेवामा खटिन पाउँदा भने आफूलाई गर्व नै लागेको उनको भनाइ छ ।

‘यस्तो महामारीको समयमा फ्रन्ट लाइनमा बसेर सेवा गर्न पाएकी छु, त्यसो हिसाबले चाहिँ खुशी नै छु,’ पुष्पाले लोकान्तरसँग भनिन् ।

पुष्पाका दिदी र भाइ पनि प्रहरी सेवामा नै छन् । दिदीको हातबाट टीका लगाएर उनको दशैं बित्दैछ । बुवाआमासँग भने भिडियो कलबाट  आशीर्वाद मात्र ।

कोरोना भाइरसको संक्रमणले गर्दा दशैंमा घर जान नपाउने आफू जस्ता राष्ट्र सेवकलाई आ–आफ्नो ठाउँमा बसेर रमाइलोसँग दशैं मनाउन उनको आग्रह छ ।

कारोना भाइरसको संक्रमणका कारण यसपालि प्रहरीले दशैंमा बिदा पाएनन् । दशैंमा घर जाँदा संक्रमण फैलिने र आफन्तलाई संक्रमण हुने जोखिमका कारण प्रहरी प्रधान कार्यालयले यसपालिको बिदा कटौती गरेको छ ।

*****

ट्राफिक प्रहरीमा कार्यरत असई सरु पञ्चले पनि यसपालि बिदा त पाएकी छैनन्, तर घर भक्तपुरमा रहेकाले ड्युटी सकिएपछि टीका लगाउने उनको योजना छ ।

‘यसपालि दशैंमा बिदा छैन, ड्यूटी सकिएपछि ड्याडीमामुको हातबाट टीका लगाउँछु,’ असई पञ्चले लोकान्तरसँग भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x