आर्मेनिया र अजरबैजानबीच एक महिनादेखि चलिरहेको युद्ध अन्त्य

विगत २९ दिनदेखि आर्मेनिया र अजरबैजानबीच चलिरहेको युद्ध अन्त्य भएको छ । 

दुवै देशले सोमवार मध्यरातदेखि युद्धविराम लागू गर्ने सहमति गरेका छन् । अमेरिकाको पहलमा दुई देशले युद्धविराम गरेका हुन् । 


Advertisement

यसको घोषणा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र परराष्ट्रमन्त्री माइक पोम्पेओले गरेका छन् । 

ट्रम्पले ट्वीट गरेर भने, ‘आर्मेनियाका प्रधानमन्त्री निकोलस पशिनान र अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभलाई बधाई । मध्यरातमा प्रभावकारी ढंगले युद्धविरामको पालन गर्न उनीहरू सहमत भए । यसले धेरैजनाको ज्यान जोगाउनेछ ।’


Advertisement

त्यसअघि पोम्पेओले दुवै देशका परराष्ट्रमन्त्रीसँग कुराकानी गरेर युद्धविरामको घोषणा गरेका थिए ।

दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रका विषयमा भयंकर युद्ध भएको थियो । युद्धमा दुवै पक्षका गरी लगभग ५ हजारजनाको ज्यान गएको बताइएको छ । 

रुसको मध्यस्थतामा दुईपटक युद्धविरामको कोशिश यसअघि नै भइसकेको छ र दुवैपटक त्यो विफल भएर पुनः युद्ध भयो । अमेरिकाले मध्यस्थता गरेको युद्धविराम कति दिन टिक्ला त्यो हेर्न बाँकी छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्