×

NMB BANK
NIC ASIA

सुरक्षाकर्मीको दशैं : बिहेकै वर्ष पनि मिलेन छुट्टी, ससुरालीमा होइन ब्यारेकमै टीका जमरा !

कात्तिक १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विगतका वर्षजस्तो उत्साह नभए पनि दशै‌ंको समय शहर बजारमा केही मात्रामा दशैंको रौनक देखिँदैछ ।

Muktinath Bank

शुक्रवारको दिन दशैं मनाउन केही संख्यामा भारतबाट पनि आइरहेका थिए भने यहीँ स्वदेशमै पनि ओहोर—दोहोर गर्नेहरूको घुइँचो थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोहना– अत्तरिया ६ लेन सडक अन्तर्गतको त्रिनगर भन्सार रोडमा चेकजाँचका लागि बिहानैबाट सुरक्षाकर्मीहरू खटिएका थिए । 


Advertisment
Nabil box
Kumari

चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत सुदूरपश्चिममा थप सुरक्षाकर्मी परिचालन भएका थिए । त्यसैअनुरूप त्रिनगर पोस्टमा कार्यरत सुरक्षाकर्मीहरू पनि दशैं अवधिभर नै सडकमा खटिए । सडकमा आवतजावत भइरहेका सवारी चेकजाँच गर्ने र मास्कको प्रयोग गर्न लगाउने उनीहरूको ड्यूटी छ ।

Vianet communication
Laxmi Bank

लोकान्तर डटकमबाट रिपोर्टिङकै क्रममा म पनि भन्सार रोड पुगें । 

यसपालिको दशैँ कस्तो हुँदै छ ड्यूटीमा रहेकी प्रहरी हवल्दार पार्वती महरालाई सोधें ? एकछिन त केही बोलिनन्, पछि पत्रकार भन्ने थाहा पाएपछि उनले भनिन्, ‘के गर्ने सर हामी प्रहरीलाई न दशैं न तिहार ।  जागिर गर्न थालेको १६ वर्ष पूरा भयो । आजसम्म दशैंको समयमा कहिले घर जान पाएको छैन ? घरबाट फोन गरेर कहिले आउँछेस् भनेर हैरान पारेका छन् । आफ्नो बाध्यता छ जिम्मेवारी त बहन गर्नै पर्‍यो नि ! 

सडक क्षेत्रमा कामको चापमै रहेकी उनले एक छिन फुर्सद निकालिन् र मसँग आफ्नो बेदना पोख्न थालिन्, ‘घर कञ्चनपुरको कृष्णपुर हो । तर कहिले चाडपर्व आफन्तसँग मनाउन पाएकी छैन । घरमा ५ वर्षको बाबु छ, सासूससुरा हुनुहुन्छ । श्रीमान रोजगारीका लागी भारतमै हुनुहुन्छ । दशैंमा घरका सबै मेरै बाटो हेरेर बस्छन् तर के गर्ने बाध्यता बिदा मिल्दैन । 

उनले थपिन्, ‘यो दशैं आउँदा मन साह्रै खिन्न हुन्छ । दशैँको टीकाकै दिन १६ वर्षअघि भारतमा दाजु बित्नुभयो । गत वर्ष दशैँकै दिन म ड्यूटीमै थिएँ । बाइकले ठक्कर दियो सम्झिँदा पनि मन खिन्न हुन्छ ।’ 

भन्छन्, ‘दशैं भत्ता पायाैं‌ तर कोरोना जोखिम भत्ता अझै पाएका छैनौं’ 

त्रिनगर पोष्टबाट ड्यूटीमा खटिएका अर्का एक प्रहरी हवल्दार भन्छन्, ‘चाडपर्व आयो कि मन खिन्न हुन्छ । जागिर खाएको दुई दशक हुन थाल्यो तर अहिलेसम्म कहिले घर जान पाएको छैन । घरमा छोरा—छोरी, श्रीमती, बुवा—आमा कुरेर बसिरहेका हुन्छन् । फोनमा कुरा गर्दा श्रीमती रुन्छिन्, साह्रै नराम्रो लाग्छ ।’ 

उनले थपे, ‘यस्तो कोरोना कहरका बीच पनि हामी निरन्तर जिम्मेवारी बहन गरिरहेका छौ । सँगैका साथीहरू कतिपय त कोरोना संक्रमणको शिकार नै भइसके । सरकारले कोरोना जोखिम भत्ता पनि दिने भनेको थियो तर खै हामीले अहिलेसम्म पाएका छैनौं । दशैं भत्ता त पायौंं ।’

डिउटीमै रहेका प्रहरी जवानहरूको पीडा पनि त्यस्तै छ । ‘दशैंमा घर जान नपाउँदा साह्रै नरमाइलो लाग्छ,’ प्रहरी जवान हरिस भट्टले भने, ‘बिहे गरेको पनि एक वर्ष मात्रै भयो । यसपालि ससुरालीमा दशैं मनाउने सोचेको थिएँ, तर के गर्नु सोचेजस्तो नहुने भयो ।’

‘दशैं भत्ता त पायौं तर हालसम्म कोरोना जोखिम भत्ता पाएका छैनौं’, उनले भने ।

एसएसपी भन्छन्, ‘जागिरको २८ वर्ष भयो दशैंमा घर जान कहिले मिलेन’ 

सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंह जागिरे जीवन शुरूआत भएपछि आफन्तहरूसँग घरमै गएर दशैं मनाउन नपाएको बताउँछन् ।

‘प्रहरीमा जागिर खाएको २८ वर्ष पुग्यो’, उनले भने, ‘त्यसपछि दशैं मनाउन घर जान पाएको छैन । दशैं प्रहरी कार्यालयमै बित्छ । कतिपय अवस्थामा नजिकै भए घर परिवारलाई पनि आफू बस्ने ठाउँमै बोलाएर दशैं मनाउँछौं । चाडपर्वको समयमा बढी नै व्यस्त हुने भएकाले घर जान समय हुँदैन ।’

प्रहरी कार्यालयभित्रै अग्रज मान्यजनबाट टीका लगाएर र आफूले मातहतका सुरक्षाकर्मीलाई टीका लगाइदिएर उनको दशैं बित्दैछ । ‘मभन्दा अग्रज यहाँका डीआईजी सापबाट मैले टीका थाप्दैछु,’ उनले भने, ‘चाडपर्व लक्षित सुरक्षा योजना हुन्छन् त्यसलाई पनि कार्यान्वयन गर्नुपर्ने हुन्छ । तल्लो दर्जाका केही सुरक्षाकर्मीहरूलाई आलो—पालो गरेर दशैंमा घर पठाउन मिले पनि हाम्रो भने समय नै हुँदैन ।’

उनले थपे, ‘यसपालिको दशैं विगतका वर्षभन्दा फरक छ । कोभिड– १९ ले गर्दा हामीले प्रहरीभित्रै पनि सामाजिक दूरी कायम गरेर मात्रै दशैँ मनाउँदैछौं, विगतका वर्षको जस्तो नाचगान भएन’, उनले भने ।

सुदूरपश्चिम प्रदेशमा ६ हजार बढीको हाराहारीमा सुरक्षाकर्मी छन् ।

ती मध्ये ५ हजार चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा परिचालन भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x