×

NMB BANK
NIC ASIA

भैंसीपालन गरेर कमाइ गर्दै गृहिणी महिला

कात्तिक १२, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

टीकापुर नगरपालिका–५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका २ भैंसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन् ।

Muktinath Bank

भैंसीकै दूध बेचेर नेहाको मासिक आम्दानी २० हजार रुपैयाँ बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैंसीपालन गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दूधको बजार खपत राम्रो भएपछि नेहाले २ भैंसी पाल्ने योजना बनाइन् । ‘दुई भैंसी पालेर घाँस खेती समेत गरेकी छु,’ नेहा भन्छिन्, ‘२ भैंसीको साँझ बिहानको दैनिक १२ लिटर दूध बिक्री हुन्छ । मेरो घर राम्रै चलेको छ ।’


Advertisment
Nabil box
Kumari

उनले मेहनत र परिश्रम गरे सफलता र सन्तुष्ति प्राप्त हुने बताइन् । ‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैंसीपालन राम्रो लाग्यो,’ नेहाले भनिन्, ‘भैंसीले दूध दिन छोडेमा टीकापुरमै रहेको हाटबजारमा लगेर बेच्छु, अनि दुहुनो भैंसी किन्छु, म सन्तुष्ट छु ।’

Vianet communication
Laxmi Bank

भैंसीपालन टीकापुर लगायतका क्षेत्रका गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको छ । घरमा बसेर व्यावसायिकरूपमा भैंसीपालन गर्न थालेपछि यस क्षेत्रका महिलाले मनग्य आम्दानी गरिरहेका छन् ।

टीकापुर नगरपालिका–३ की तारा सुनारले पनि मासिक १२ हजार रुपैयाँसम्म आम्दानी लिइरहेकी छन् । ‘दूध  बेचेको आम्दानीले घर राम्रै चलेको छ,’ सुनार भन्छिन्, ‘म पनि व्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन ।’

बजारमा दूधको माग बढिरहेको छ । बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण महिलाहरू यसतर्फ आकर्षित भएका हुन् । महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् । वडा नम्बर ३ कै चन्द्रा ओडको पनि मासिक आम्दानी १२ देखि १५ हजार रुपैयाँसम्म हुन्छ ।

‘आम्दानीको केही अंश घर खर्चमा मासिन्छ,’ ओडले भनिन्, ‘समूह र सहकारीमा मासिक बचत गरिरहेकी छु ।’

स्थानीय दुग्ध उत्पादक सहकारी संस्था, कृषि विकास बैंक तथा अन्य लघुवित्त बैंकबाट भैंसी खरिदको लागि स्थानीय किसानलाई ऋण उपलब्ध भएपछि गृहिणी महिलालाई भैंसीपालन गर्न सहज भएको हो । देउराली भञ्च्याङ कृषि सहकारीका प्रबन्धक आशा चौधरी सहकारीले अहिलेसम्म १६ महिलालाई अनुदान सहितको ऋण भैंसीपालनका लागि दिएको बताइन् । 

‘४२ हजार ब्याजमा ऋण दिन्छौं । त्यो एक वर्षमा फिर्ता गर्नुपर्छ,’ प्रबन्धक चौधरीले भनिन्, ‘भैंसी किनिसकेपछि गोठ निर्माणका लागि १८ हजार अनुदान दिन्छौं । समुदायमा विपन्न नागरिकलाई समूहमार्फत् पनि लगानी छौं ।’ पहिले आम्दानी नभएर फुर्सदिला रहेका महिला भैंसीपालन गरेर मासिक १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका चौधरीले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x