बजारमा माग घटेपछि मादल बनाउने सीप लोप हुँदै

मादल बनाउने वादी समुदायको पुर्ख्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् ।

अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर–४ वायखोला निवासी गेहेन्द्र वादीले बताए । ‘मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो तर हामीले यो पेशा भुल्न थालिसक्यौं,’ उनले भने । 
 
बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर वादीले बताए । अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उनको भनाइ छ ।


Advertisement

‘अहिले नाच्नगाउन, पेन्ड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ,’ उनले भने, ‘यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुने भएकाले पेशा संकटमा छ ।’

घरमै आएर माग गरेपछि मादल बनाउने गरेपनि व्यावसायिक रूपमा मादल बनाउन छोडेको उनको भनाइ छ ।


Advertisement

कमेन्ट गर्नुहोस्