जुवा खेल्दाखेल्दै वडाध्यक्षसहित १५ जना पक्राउ, २ लाख ९३ हजार नगद बरामद

बझाङ र कैलालीबाट वडाध्यक्षसहित १५ जना जुवा खेल्दाखेल्दै पक्राउ परेका छन् ।

जुवाको खालबाट नगद २ लाख ९३  हजार रुपैयाँ समेत बरामद गरिएको छ ।


Advertisement

कैलालीको गौरीगंगाबाट २ लाख २३ हजार नगदसहित ५ जुवाडे पक्राउ परेका प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गौरीगंगा नगरपालिका–६ बाट मंगलवार राति नगदसहित ५ जनालाई पक्राउ गरेको हो ।


Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नगदसहित जुवाडे पक्राउ गरिएको बताए । थप विवरण केहीबेरमा सार्वजनिक गरिने उनले जानकारी दिए ।

यस्तै, बझाङमा वडाध्यक्षसहित १० जना पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका–४ बाट जुवा खेलिरहेको अवस्थामा नगद ७० हजारसहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए । ७० हजार ७३० रुपैयाँसहित जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खाती लगायत दीपकबहादुर वड, शेरबहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेशराज जोशी, सन्तोष जोशीलाई पनि जुवा खालबाट पक्राउ गरिएको उनले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्