×

NMB BANK
NIC ASIA

स्वास्थ्य जानकारी- यी १२ प्रकारका रोग लागेमा के खाने के नखाने ?

कात्तिक १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मानिसहरु खानपानमा वेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरु लाग्ने गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरु लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा विभिन्न रोगहरुबाट बच्न सकिन्छ भने रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण कायम गर्न सकियो भने फाइदा पुग्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्यास्ट्रिक


Advertisment
Nabil box
Kumari

अहिले धेरै नेपाली ग्यािस्ट्रकबाट पीडित छन् । लामो समयसम्म भोकै बस्दा यसले अझ विकराल रूप लिन्छ । भोकै बसेर लामो समयपछि चिल्लो, पिरो, मसालेदार खाने कुरा खाए पेट दुख्न सक्छ । त्यसैले समय–समयमा पानी पिउनुका साथै फलफूल पनि खाइरहनुपर्छ । ग्यास्ट्रिकका बिरामीले बोसोयुक्त रातो मासु खानु हानिकारक हुन्छ । रातो मासुको साटो कुखुरा तथा माछा खान सकिन्छ । ग्यास्ट्रिक पीडितहरूले तारेका खानेकुरा भन्दा पनि उसिनेका तथा बेकगरिएका खानेकुरा खानु उपयुक्त हुन्छ ।

Vianet communication
Laxmi Bank

कब्जियत

अन्य खानेकुराको तुलनामा मासु खाँदा कब्जियतको समस्या सिर्जना हुन्छ । यो समस्याबाट जोगिन मासु–भातका साथमा हरियो सागपात, सलाद, खोस्टे मुंगको दाल एवं फलफूल आदि रेसायुक्त खानेकुरा पनि उत्तिकै खानुपर्छ भने पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

मधुमेह

अहिले धेरै मानिस मधुमेहका रोगी छन् । मधुमेहका रोगीले गुलियो नहालेको खानेकुरा समय–समयमा खाइरहनु आवश्यक हुन्छ । नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । खाली पेटमा धेरै पिरो–अमिलो खाँदा सुगरको मात्रा वृद्धि हुन सक्छ । मधुमेहका बिरामीका लागि रातो भन्दा पनि सेतो मासु तथा माछा उपयुक्त मानिन्छ । सीमित क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । कतिपयले मासुसँगै ड्रिंक्स पनि गर्छन् । अल्कोहल तथा कोल्ड ड्रिंक्समा क्यालोरी शून्य हुन्छ भने त्यसले सुगर बढाउँछ । गेटटुगेदर तथा चाडपर्वमा दुई चार पिस सुगरफ्रि मिठाईं खान सकिन्छ ।

मुटु रोगी

मुटु रोगीले आफ्नो स्वास्थ्यलाई ध्यान नदिई चिल्लो तथा पिरो खानेकुरा बढी खाए उच्च रक्तचाप हुनुका साथै स्ट्रोकसमेत हुनसक्छ । मुटुको नसा साँघुरिएका बिरामीले रातो मासु खानुहुँदैन । धेरै क्यालोरीयुक्त, चिल्ला, पिरा, अमिला खानेकुरा बानुपर्छ । मुटुका रोगीले कुखुरा तथा माछा ग्रिल गरेर खानु उपयुक्त हुन्छ ।

युरिक एसिड

धेरैलाई रातो मासु मीठो लाग्छ । युरिक एसिडका बिरामीले रातो मासु खानुहँुदैन किनभने यसमा रहने प्युरिन कन्टेन्टले युरिक एसिड बढाउँछ । दाल तथा गेडागुडी पनि सीमित मात्रामा खानुपर्छ । उच्च प्रोटिनका कारण युरिक एसिड बढ्छ परिणामस्वरूप गोली गाँठा सुन्निन्छ । युरिक एसिड भएकाहरूले माछा खानुपर्छ भने पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ ।

मोटोपन

अहिलेको बदलिँदो जीवनशैलीसँगै धेरैलाई मोटोपन ९ओबेसिटी० को समस्याले सताएको छ । व्यायाम नगर्ने, धेरै गाडी चढ्ने तथा निस्क्रिय जीवनशैलीका कारण पनि यो समस्या सिर्जना भएको पाइन्छ । खाने–बस्ने काम मात्र गर्दा व्यायामको कमी हुन्छ । मोटोपन भएकाहरूले तारेको भन्दा पनि उसिनेको मासु खानु उपयुक्त हुन्छ । मासु मात्र धेरै नखाई सागपात पनि उत्तिकै खानुपर्छ । खाने–बस्ने मात्र नगरी कामका साथै हिँडडुल एवं शारीरिक व्यायामसमेत गर्नुपर्छ ।

दम

दम भएकाहरूले चिल्लो, मसालेदार एवं तारेका खानेकुरा खानुहुँदैन । दमका रोगीले चिसो पेय पदार्थ तथा फ्रिजमा राखिएको खानेकुरा पनि खानुहुँदैन ।

रक्तअल्पता

धेरै महिलालाई रक्तअल्पताले सताउँछ । रक्तअल्पताबाट जोगिन कलेजो खानु उपयुक्त हुन्छ । कलेजोमा प्रशस्त आइरन हुन्छ । यसैगरी फलामको भाँडामा पकाइएको खानेकुरा तथा कालो दाल खाँदा पनि आइरन प्राप्त हुन्छ ।

कोलेस्ट्रोल

कोलेस्ट्रोलका बिरामीले रातो मासु, कलेजो तथा फोक्सो खानु हुँदैन । गेडागुडी, कुखुराको मासु तथा माछा नतारी थोरै तेलमा बेक गरेर खानु वेश हुन्छ । हरिया तरकारी तथा सागपात प्रशस्त मात्रामा खानुपर्छ ।

कलेजो

खानेकुरा पचाउन कलेजोले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले कलेजोलाई असर पार्ने खानेकुरा अल्कोहल, मासु आदि खाँदा यसका दीर्घरोगीले विशेष सावधानी अपनाउनुपर्छ । कलेजोका बिरामीले चाडपर्व, गेटटुगेदर तथा अन्य समयमा पनि बढी प्रोटिनयुक्त खानेकुरा खानुहुँदैन । 

थाइराइड

अहिले धेरै महिलामा थाइराइड देखिने गरेको छ । थाइराइड पुरुषको तुलनामा महिलालाई बढी भएको पाइन्छ । थाइराइड भएकाहरूले माछा–मासु खान सक्छन् । थाइराइड भएकाले काउली तथा बन्दाको तरकारी खानुहुँदैन भनिन्छ । नियमित सेवन गरिरहेको औषधि खानुभन्दा दुई घन्टाअघि वा पछि काउली, बन्दा तथा बदाम खान सकिन्छ ।

हाइपरथाइरोइडिज्ममा डायरिया हुने भएकाले रेसायुक्त खानेकुरा नखानु नै वेश हुन्छ । यस्ता बिरामीका लागि हाइ क्यालोरी डाइट उपयुक्त हुन्छ । यसैगरी हाइपोथाइरोइडिज्ममा मेटाबोलिज्म स्लो हुन्छ फलस्वरूप तौल बढ्छ । त्यसैले गुलिया खानेकुरा कम खानुका साथै प्रशस्त व्यायाम गर्नुपर्छ । कम क्यालोरीयुक्त खानेकुरा तथा सलाद बढी मात्रामा खानुपर्छ ।

मिर्गौला

मिर्गौलाका बिरामीले रातो मासु, प्रोटिन तथा पोटासियमयुक्त खाना कम मात्रामा खानुपर्छ । पोटासियम बढे मुटुमा असजिलो हुन्छ भने सास फेर्न गाह्रो हुन्छ । यस्ता बिरामीले गेडागुडी तथा कुरिलो पनि खानुहुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x