×

NMB BANK
NIC ASIA

राजनीतिक विवाद

ओली–प्रचण्डबीचको अन्तरविरोध जहाँको त्यहीँ, ‘पर्ख र हेर’ माधव नेपाल समूहको रणनीति

कात्तिक १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गत भदौ २६ गते बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले पार्टी एकताका कामहरू टुंग्याउन १ महिनाको समयसीमा तोकेको थियो । डेढ महिना बितिसकेको छ तर एकताका बाँकी कामहरू ज्यूँका त्यूँ छन् । एकताका काम टुंग्याउने सन्दर्भमा पार्टी एक पाइला पनि अघि बढेन । 

Muktinath Bank

यसबीच अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दर्जनौंपटक भेटवार्ता भए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुभन्दा अघिसम्म पार्टी एकताकै विषयमा २ अध्यक्षबीच कुराकानी हुने गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसअघि ओलीले ३ जना मन्त्री नियुक्ति समेत गरेका थिए । त्यसभन्दा अझै अघि पूर्व अर्थमन्त्री युवराज खतिवडा, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी लगायतलाई अमेरिका र बेलायतको राजदूतमा सिफारिस गरे । ओलीका यी कदमले अध्यक्षद्वयबीच पार्टी एकता प्रक्रियामा हुने भनिएको सहमतिलाई प्रभावित पारिदियो । यो वा त्यो हिसाबले खुमलटार प्रधानमन्त्रीले गरेका यी क्रियाकलापमा असन्तुष्ट बन्यो । 


Advertisment
Nabil box
Kumari

भदौमा बसेको स्थायी कमिटी बैठकले गरेका निर्णयका आधारमा हालसम्म पार्टी महाधिवेशनको तयारीमा जानुपर्ने हो । महाधिवेशनकै तयारीका लागि भन्दै कात्तिक १५ गते बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १ महिना पर सारिएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयले एक वक्तव्य जारी गर्दै केन्द्रीय कमिटी बैठकलाई मंसिर १५ गतेका लागि सारिएको जानकारी दिएको छ । 

Vianet communication
Laxmi Bank

केन्द्रीय कमिटी बैठक सरेपछि महाधिवेशनका कामहरू प्रभावित हुने पक्कापक्की जस्तै छ । अहिलेसम्म कुनै पनि जिल्लामा सदस्यता समायोजन हुन सकेको छैन । २ नम्बर प्रदेशमा समायोजनको प्रयास गरिएको थियो तर त्यहाँ स्थायी कमिटी सदस्य मातृका यादवले एकलौटी गरेको भन्दै विवाद सिर्जना गर्ने प्रयास गरिएको छ । 

प्रचण्ड–ओलीबीच चर्कंदो अन्तरविरोध !

पछिल्ला केही घटनाक्रमले अध्यक्षद्वय ओली र प्रचण्डबीच दरार सिर्जना गरिदिएका छन् । राजदूत सिराफिस, मन्त्री थप, कर्णाली विवाद, भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल भ्रमण र केही दिनअघि पर्सामा एक कार्यकर्ता मारिएको र प्रशासनले जाहेरी समेत लिन नमानेको जस्ता घटनाक्रमले नेकपाभित्रको विवादलाई ‘जीवन्त’ राख्ने काम गरिरहेका छन् ।
 
नेकपाका स्थायी कमिटी सदस्य लीलामणि पोखरेल भन्छन्, ‘स्थायी कमिटी बैठकको निर्णयलाई मैले युद्धविरामको आचारसंहिता भन्दै आएको थिएँ । त्यसको पालना भयो भने युद्धविराम दीगो रहन्छ र पार्टी अगाडि बढ्न मद्दत गर्छ, पालना भएन भने पुनः समस्या बल्झिन्छ भनेर मैले राखेको धारणा अहिले पुष्टि भएको छ । प्रधानमन्त्री ओलीबाट पटक–पटक युद्धविराम भंग हुने क्रियाकलाप भयो । यसले २ अध्यक्षबीच अन्तरविरोध बढाएको छ भने पार्टी एक कदम पनि अघि बढेको छैन ।’

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारका कामहरू गर्ने र अर्का अध्यक्ष प्रचण्डले पार्टीका कामहरू गर्ने गरी स्थायी कमिटी बैठकले कार्यविभाजन गरेको थियो । ओलीले सरकारका नियमित कामहरू त गरेकै छन् तर दीर्घकालीन महत्त्वका नियुक्ति र सिफारिस पनि प्रचण्डसँग कुनै सहमति नलिई गर्ने गरेका छन् । त्यसो भए प्रचण्डलाई पार्टीका कामहरू गर्न कसले छेकेको छ त ?

यो प्रश्नको जवाफमा पोखरेलले भने, ‘काम जसले जे गरे पनि सहमतिमा गर्ने भन्ने कुरा हो । ओलीले यसो गरे, अब मैले पनि यसो गर्छु भनेर प्रचण्डले भन्ने हो भने पार्टी एक नरहेको घोषणा गरे भइहाल्यो नि । तर अध्यक्ष प्रचण्डले पार्टी कमिटीको बैठक बोलाएर सरकारले गरेका कामकारवाहीको समीक्षा गर्न सक्नुहुन्छ ।’

फूटको डीलबाट गुज्रिएको नेकपामा अझै पनि संकट टरिसकेको छैन । प्रधानमन्त्री ओलीले एकलौटी गरेर पार्टीलाई संकटतर्फ धकेल्न खोजेको खुमलटारको बुझाइ रहेको छ । 

बालुवाटारको बुझाइ के ?

‘सरकारको नियमित काम पनि हुन नदिने, अनि पार्टीका कामहरू पनि गर्न नसक्ने अध्यक्षको के काम ?’ ओलीनिकट एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘सबैलाई सबै कुरा पुग्छ भन्ने हुँदैन । को–कोलाई मन्त्री चाहिएको थियो होला, ओलीले दिन सक्नुभएन । अनि एकलौटी गर्‍यो भन्दै आरोप लगाउने ? यो कस्तो तरिका हो ?’

उनले देशको कार्यकारी प्रमुखलाई काम गर्न दिनुपर्ने बताए । ‘सहमतिको नाममा अनन्तकालसम्म मन्त्रालय खाली राख्न सकिन्नथ्यो । विदेशस्थित दूतावास खाली राख्न सकिँदैन । कूटनीतिक भेटघाट रोकिरहन सकिँदैन । १ हप्ता अघिसम्म २ अध्यक्षबीच घण्टौंसम्म छलफल हुने गर्थ्यो । त्यति हुँदा पनि एकलौटी गर्‍यो भनेर आरोप लगाइरहनु सही होइन,’ ती नेताले भने ।

अर्का स्थायी कमिटी सदस्य किरण गुरुङले पनि पार्टीका आन्तरिक कुराहरू प्रचण्डको जिम्मेवारीमा आएको र त्यही अनुसार गर्नुपर्ने बताए । ‘अध्यक्ष प्रचण्ड पनि पार्टी एकता अघि बढाउने विषयमा ठोस प्रस्तावसहित आउनुपर्‍यो,’ उनले भने, ‘सधैं सरकारकै विरोध गरेर मात्र भएन ।’ गुरुङ ओलीनिकट मानिन्छन् ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई अप्ठ्यारो पार्न पुरानै भैंसेपाटी गठबन्धन ब्यूँताउन खोजेको भन्दै बालुवाटार सशंकित देखिन्छ । त्यसैको प्रयासस्वरूप प्रचण्डनिवास खुमलटारमा प्रचण्ड र नेपालसँगै उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच पटक–पटक भेटघाट हुने गरेको बालुवाटारको आरोप छ । 

नेपाल समूह पर्ख र हेरको रणनीतिमा !

‘स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार ओली अघि बढिरहेका छैनन्, उनको क्रियाकलापले पार्टी नै ध्वस्त हुने हो कि भन्ने आशंका पैदा गरेको छ,’ नेता नेपालनिकट एक केन्द्रीय कमिटी सदस्यको गुनासो छ । 

उनले अहिलेको परिस्थितिमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच अझ सुदृढ गठबन्धनको आवश्यकता रहेको बताए । ‘एकलौटी र स्वेच्छाचारिताविरुद्ध डटेर लाग्नुपर्छ,’ उनले भने, ‘तर कुनै न कुनै विन्दुमा अध्यक्ष प्रचण्डमा अस्थिरता झल्किने गर्छ । यसबाट दुवै नेताहरूबीच जसरी विश्वासको वातावरण पैदा हुनुपर्थ्यो, त्यसरी नभएको हामीले बुझेका छौं ।’

ती नेताका अनुसार प्रचण्ड र नेता नेपालबीच पनि कहीँ न कहीँ विश्वासको संकट देखिएको छ । कुन बेला प्रचण्डले बालुवाटार गएर ओलीसँग के सम्झौता गर्ने हो भन्ने भयले कोटेश्वर त्रस्त रहेको देखिन्छ । यतिबेला कोटेश्वर पर्ख र हेरको रणनीतिमा छ । समस्या समाधानको बल प्रचण्डकै कोर्टमा रहेको नेपाल समूहको बुझाइ रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x