भूमिगत पानी तानेर जार र बोतलमा बिक्री, उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौंको मनमैजुमा भूमिगत पानी तानेर जार तथा बोतलमा बिक्रीवितरण गरेको पाइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बुधवार गरेको बजार अनुगमनमा मनमैजुमा रहेको त्रिशुली मिनरल एण्ड वेभरेज प्रालिले इजाजत बिना भूमिगत पानी तानेर जार तथा बोतलमा बिक्री गरेको भेटिएको हो । 


Advertisement


बुधवार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सो कम्पनीलाई ५० हजार जरिवाना गरेको जनाएको छ । 

विभागले भनेको छ, 'त्रिशुली मिनरल एण्ड वेभरेज प्रा.लि. मनमैजु, तारकेश्वर-११ मा आज विभागको टोलीले अनुगमन गर्दा उद्योगले इजाजत बिना भुमिगत पानी तानेर जार तथा बोटल बन्द गरी बिक्रीबितरण गरेको पाइदा उक्त पानी उद्योगलाई रु.५०,०००/- जरिवाना गरिएको छ।'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्