पछिल्लो २४ घण्टामा १९ सय ५४ मा कोरोना संक्रमण, ११ जनाको निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ मा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ को पीसीआर परीक्षण भएको र त्यसमध्ये १ हजार ९ सय ५४ मा संक्रमण देखिएको बताएका हुन् ।


Advertisement

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।

डा. गौतमले पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २ हजार ९८१ रहेको बताए । हालसम्म १ लाख २१ हजार ८२४ संक्रमण मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।


Advertisement

उनले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ४३ जनामा संक्रमण देखिएको बताए । काठमाडौँ जिल्लामा ६ सय ९६, भक्तपुरमा २९ र ललितपुरमा १ सय १८ मा संक्रमण देखिएको हो ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्