×

NMB BANK
NIC ASIA

सवारी चाप घटाउन पुण्यमाता खोलाको दायाँबायाँ करिडोर

कात्तिक १२, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सवारी चाप कम गर्न काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल र पनौती नगरमा पुण्यमाता करिडोर निर्माण प्रक्रिया थालिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ठूला तथा मालबाहक सवारीलाई वैकल्पिक मार्ग ९करिडोर०बाट आवतजावत गराई सवारी चाप तथा शहरको प्रदूषण न्यूनीकरण गर्दै जाने उद्देश्य लिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती तीन नगर भएर बग्ने पुण्यमाता खोलाको दायाँबायाँ करिडोर निर्माण हुने भएको हो । यसका लागि बहुवर्षीय आयोेजना करिडोर निर्माणका लागि खोलाको सीमाङ्कनको काम शुरू भएको छ ।


Advertisment
Nabil box
Kumari

खोलाको सिमानाबाट दाँयाबायाँ १५÷१५ मिटरको सडक निर्माण गर्ने योजना छ । करिडोरले विशेषगरी जिल्लाको व्यापारिक नगरी बनेपा, पर्यटकीय नगर धुलिखेल र सांस्कृतिक नगरी पनौतीमा हुने सवारी चाप कम गर्ने तथा शहरको प्रदूषण न्यूनीकरण गर्दै सुन्दरता बढाउन मद्दत पुग्नेछ । 

Vianet communication
Laxmi Bank

“करिडोर निर्माणपछि बनेपाको सौन्दर्य बढ्नेछ भने सडक दुर्घटना न्यूनीकरण हुँदै जान्छ”, बनेपाका नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भन्नुभयो । करिडोर निर्माणपछि अरनिको राजमार्ग भएर चल्ने मालबाहक तथा ठूला सवारी साधन करिडोरको बाटामा गुड््ने भएकाले शहरमा धुलो, धुवाँ र ध्वनि प्रदूषण कम हुने उनी बताउँछन् ।

करिडोर निर्माणपछि वर्षा याममा पुण्यमाता खोलामा आउने बाढीले तीन नगरमा पु¥याउने क्षतिसमेत कम हुनेछ । 

प्रमुख वादेले करिडोर निर्माण सम्पन्नपछि अरनिको राजमार्ग दायाँबायाँका विभिन्न थोक पसलसमेत करिडोर क्षेत्रमा सर्ने बताए । उनका अनुसार करिडोर निर्माणमा रु ७५ करोडको लागत अनुमान गरिएको छ । करिडोर निर्माणका लागि शहरी विकास मन्त्रालयबाट चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि रु १५ करोड बजेट विनियोजन भएको छ । 

पनौती नगरभित्रको करिडोर निर्माणको काम दुई चरणमा हुने सम्झौता भएको छ । पनौती नगरपालिका–६ स्थित झोलुङ्गे पुलदेखि दुधमिलसम्मको एकतर्फी र दूधमिलदेखि ढलमलेसम्मको खोलाको दाँयाबायाँ खोलाको सिमानाबाट १५÷१५ मिटरको सडक निर्माण हुने योजना छ ।

पहिलो चरणको कामका लागि शहरी विकास मन्त्रालय र नगरको रु पाँच करोड साझेदारी र दोस्रो चरणको कामका लागि नगरको आन्तरिक स्रोतबाट रु १५ करोड बजेट विनियोजन गरिएको पनौती नगरप्रमुख भीमप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने, 'अर्को वर्ष माघमा पनौतीमा लाग्ने १२ वर्षे मकर मेलाका लागि पनि करिडोरले निकै राहत पुग्नेछ ।' नगरले गत वर्ष खोला किनारमा डेढ किलोमिटर सडकमा साइड क्लियरन्स गरेर टेको पर्खाल निर्माण गरिसकेको छ । 

करिडोरको केही समयअघि पूर्वमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले शिलान्यास गरेका थिए ।

“करिडोरको काम निरन्तर हुनेछ, सबैको साझा समस्या हल हुने करिडोर निर्माणको काममा कोही कसैले कुनै बहानामा अवरोध पु¥याउन हुन्न”, बाँस्कोटाले भनेका थिए ।

उनका अनुसार मन्त्रालयको बजेटमा करिडोरको काम तीन चरणमा सम्पन्न हुनेछ ।

हाल नालादेखि बनेपाको अरनिको राजमार्गको पुण्यमाता पुलसम्मको कामका लागि रु पाँच करोड, पुण्यमाता पुलदेखि श्रीखण्डपुरसम्म रु पाँच करोड र श्रीखण्डपुरदेखि पनौतीसम्मको करिडोरको साइड क्लियरन्स योजनामा रु पाँच करोड विनियोजन गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x