कनेक्ट आइपीएस टिकटक च्यालेन्ज, ४३ इन्चको टिभी जित्ने मौका

नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आइपीएस टिकटक च्यालेन्ज आयोजना गरिरहेको छ । 

कात्तिक १ गतेदेखि शुरु भएको यो च्यालेन्ज ६ मंसिरसम्म हुनेछ । 


Advertisement

यस च्यालेन्जमा सहभागी उत्कृष्ट एक जनाले ४३ इन्चको एलजी स्मार्ट टिभी जित्नेछन् भने १० भाग्यशाली विजेताले १ हजार रुपैयाँका दर ले मोबाइल रिचार्ज पनि पाउनेछन् । 

यस च्यालेनजमा भाग लिनका लागि प्रतियोगीले शुरूमा एनसीएचएलको ओरिजिनल साउन्डट्राकमा भिडियो बनाउनुपर्नेछ । त्यसपछि #connectipssangaidigitalfestival प्रयोग गरी टिकटकमा भिडियो शेयर गर्नुपर्नेछ । 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्