×

NMB BANK
NIC ASIA

जाहेरी दर्ता नहुँदा ६ दिनदेखि शव अस्पतालमै

कात्तिक १३, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

गत बिहीबार नेकपा पर्साको विन्दबासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा मृत्यु भएका मुकेश चौरसियाको शव अझै परिवारले बुझेका छैनन् । टाउकोमा बाँसको लाठी प्रहारबाट गम्भीर घाइते भएका ४२ वर्षीय चौरसियाको शुक्रबार बिहान वीरगन्जस्थित एलएस न्युरो हस्पिटलमा मृत्यु भएको थियो ।

Muktinath Bank

विन्दबासिनी गाउँपालिका–५ परसौनी भाठामा नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई कार्यक्रममा सहभागी नगराएको भन्दै विरोध जनाएका थिए । कार्यक्रमस्थलमा प्रवेश नपाएपछि बढेको विवाद दोहोरो झडपमा परिणत भएपछि लाठी र भाटाले हानाहान भएको थियो । घटनामा दुवै पक्षबाट ८ जना घाइते भएका थिए । जसमध्ये चौरसिया गम्भीर घाइते थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा जिल्ला सदस्य र पालिका कमिटी सचिवसमेत रहेका चौरसियाको हत्यामा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा दिइएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि ६ दिनदेखि उनको शव नारायणी अस्पतालको शव गृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयअगाडि नेकपाका इन्चार्ज, सचिव, गाउँपालिका अध्यक्षलगायत नेता तथा कार्यकर्ता दिनहुँ धर्ना बसिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

गाउँपालिका कमिटीले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । ‘जाहेरी दरखास्त पीडितले दिन पाउने संवैधानिक र कानुनी अधिकार हो, त्यसमा बन्देज किन लगाइँदै छ ?’ ज्ञापनपत्रमा भनिएको छ, ‘एउटा व्यक्तिको नामलाई जाहेरीबाट हटाउन पर्सा प्रहरी उपरीक्षक डर, धाक, धम्कीसमेतको प्रयोग गरिरहनुभएको छ । जसले पीडित परिवारलाई अझै पीडा दिने काम गरिरहेको छ ।’

Vianet communication
Laxmi Bank

झडप भएकै दिन प्रहरीले पर्साका नेकपा नेता राजकुमार गुप्तासहित ८ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । दोहोरो झडपमा संलग्न केही व्यक्ति वीरगन्ज महानगरपालिका–११ स्थित गुप्ताको निवासमा बसिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोली उनको घरमा पुगेको थियो । बिहीबार साँझ करिब ५ बजेको समयमा नियन्त्रणमा लिइएका गुप्तालाई प्रहरीले राति ९ बजे रिहा गरेको थियो ।

गुप्ताको घरबाट पक्राउ परेका दुई जना अझै प्रहरी हिरासतमै छन् । गुप्ता प्रहरी नियन्त्रणमा रहेको जानकारी पाएपछि नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी पनि जिल्ला प्रहरी कार्यालय आइपुगेका थिए । नेकपाको अर्को पक्षका दुई जना घाइतेको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । चौरसियाको अवस्था गम्भीर बनेको खबर आएपछि मेडिकलमा उपचाररत उत्तम तिवारी र चिन्टु तिवारी भागेका थिए । हालसम्म उनीहरू फरार नै छन् । दुई जना अस्पतालबाटै भागेपछि प्रहरीले अन्सारीलाई पनि केहीबेर सोधपुछ गरेको थियो ।

शुक्रबार चौरसियाको मृत्यु भएपछि उनका परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । स्रोतका अनुसार कर्तव्य ज्यानको जाहेरीको एक नम्बरमै सभासद राजकुमार गुप्ताको नाम उल्लेख गरिएको छ । पीडित पक्षका अनुसार प्रहरीले गुप्ताको नाम हटाएर जाहेरी ल्याउन भनेको छ । गुप्ता र अन्सारी नेकपामा प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् । स्रोतका अनुसार गत बिहीबार ‘माथि’बाटै फोन आएपछि राति ९ बजे गुप्ता र अन्सारीलाई प्रहरीले छाडेको थियो । प्रहरीले जाहेरी दर्ता नगरेपछि नेकपा पर्साका इन्चार्ज, सचिव, गाउँपालिका अध्यक्षलगायत नेता तथा कार्यकर्ता पाँच दिनदेखि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिइरहेका छन् । धर्नामा पूर्वमन्त्री तथा नेकपा नेता मातृका यादवले पनि सहभागिता जनाएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक ९ मा विज्ञप्ति जारी गरी चौरसियाको हत्यमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । यसैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कात्तिक ८ मा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दवासिनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका थिए । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनास्थलमा उपस्थित नै नभएका व्यक्तिको नाममा जाहेरी आएपछि दर्ता नगरेको बताए । ‘घटनास्थलमा जो संलग्न छन् उनीहरूको नाम लिएर आउनुस्, हामीले कर्तव्य ज्यानमै मुद्दा दर्ता गरिदिन्छौं भनेका छौं,’ उनले भने, ‘तर, उहाँहरूले घटनास्थलमै नभएका व्यक्तिको नाम पनि मुद्दामा उल्लेख गर्नुभएको छ । उहाँहरूले जसलाई योजनाकार बताउनुभएको छ, त्यो त अनुसन्धानबाट खुल्नुपर्‍यो, कल डिटेल्समा देख्नुपर्‍यो, पक्राउ परेकाको बयानबाट खुल्नुपर्‍यो ।’

घटनास्थलबाट पक्राउ परेका तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालिएको डीएसपी कुँवरले जनाए । धर्नामा बसेका नेकपाका नेताहरूले राजकुमार गुप्ताकै योजनामा शपथ ग्रहण कार्यक्रममा झडप भएको दाबी गर्दै आएका छन् । विन्दबासिनीका स्थानीय तथा नेकपाका नेता छोटेलाल यादवले राजनीतिक पूर्वाग्रहका कारण जाहेरी दर्ता नभएको बताए । ‘कुटपिटमा संलग्नमध्येका दुई जना राजकुमार गुप्ताको घरबाट पक्राउ परेका छन्, यसले पनि प्रस्ट पार्छ उनी मुख्य योजनाकार हुन्,’ उनले भने ।

यसैबीच पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवसहित पार्टीका ३७ केन्द्रीय सदस्यले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्या भएको भन्दै यथाशीघ्र जाहेरी दर्ता गर्न माग गरेका छन् ।

गत बिहीबार विन्दवासिनी–५ प्रसौनीमा गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रमस्थलमा नेकपाकै दुई समूहबीच झडप हुँदा घाइते चौरसियाको उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो । मृत्यु भएको ६ दिन बितिसक्दा पनि प्रहरीले कर्तव्य ज्यानको जाहेरी दर्ता गर्न मानेको छैन । स्थायी कमिटी सदस्य यादव, केन्द्रीय कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झालगायत ३७ जना केन्द्रीय सदस्यले चौरसियाको हत्याबारे गम्भीर ध्यानाकर्षण भएको बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । ‘घटनाको प्रकृति हेर्दा सुनियोजित देखिन्छ, हत्या गर्ने उद्देश्यसहित आक्रमण भएको प्रमाणित हुन्छ । घटनाको जति भर्त्सना गरे पनि कमै हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस घटनाका सम्पूर्ण दोषीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।’

पीडितको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्साले बुधबारसम्म दर्ता गरेको छैन । ‘जाहेरी दर्तासमेत नगरेर प्रहरीले कानुनी राज्यको खिल्ली उडाएको देखिन्छ । प्रहरी आफ्नो कर्तव्यबाट च्युत भएको छ । झन् जिल्ला प्रहरी प्रमुखबाट अमुक व्यक्तिको नाम राख र अमुक व्यक्तिको हटाऊ भन्नुले अपराधलाई प्रश्रय दिएको देखिन्छ,’ नेताहरूद्वारा जारी विज्ञप्तिमा छ । कान्तिपुर दैनिकमा भूषण यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x