यौनशोषण आरोपमा धामी र 'माता’ पक्राउ

झारफुक गरी रोग निको पार्ने भन्दै यौनशोषण गरेको आरोपमा त्रियुगा नगरपालिका–१० गाईघाटका ३९ वर्षीय धामी अर्जुन भनिने चूडामणि श्रेष्ठ र ४५ वर्षीया ‘माता’ जुना राई मंगलबार पक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक भीमबहादुर दाहालले दुई जना बिरामी महिलालाई एक लाख रुपैयाँ नगद र सुनको औंठी ठगी गर्नुका साथै झारफुक गर्ने भन्दै निर्वस्त्र पारेर यौनशोषण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताए । श्रेष्ठले १३ वर्षयता राईको घरमा मन्दिरको थान बनाई आफू धामी भएको र झारफुक गरी रोग निको पारिदिने प्रचार गर्ने गरेका थिए ।


Advertisement

उनले राईको सम्पर्कमा आएका २ जना बिरामी महिलाको उपचार गर्ने बहानामा ठगी गरेको दाहालले बताए । ‘ती महिलालाई जुनाकै घरको कोठामा राखी ईश्वर र भूत लागेकालाई उपचार गर्ने र माता उत्तार्ने भनी १ लाख रुपैयाँ र सुनको औंठी चाहिने भन्दै ठगी गरेको पाइयो,’ दाहालले भने, ‘त्यसैगरी शिवजीका रूपमा उपचार गर्न निर्वस्त्र हुनुपर्ने भन्दै यौनशोषण गर्ने गरेका रहेछन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्