×

NMB BANK
NIC ASIA

देउवा–पौडेल समीकरण कति सम्भव ?

कात्तिक १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 कांग्रेसको संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा कुनै बेला एक्ला प्रतिस्पर्धी ठानिएका थिए तर त्यही समूहका उपसभापति विमलेन्द्र निधिले केही महिनाअघि उम्मेदवारी अनौपचारिक तहमा घोषणा गरेका छन् ।

Muktinath Bank

देउवाले विश्राम लिएर आफूलाई सहयोग गर्नुपर्ने तर्क निधिको छ । आफैं उम्मेदवार बनेनन् भने देउवाले कसलाई सघाउलान् ? विश्लेषक एवं प्राध्यापक कृष्ण खनालका भनाइमा आउँदो महाधिवेशनमा पनि देउवाको मुख्य प्राथमिकता आफ्नै लागि हुनेछ । ‘आफू आउन नसक्ने स्थितिमा मात्रै नरुचाएको मान्छे आउन नदिनेतिर लाग्ने हो,’ खनालले भने, ‘अहिले उनको सम्पूर्ण तयारी आफ्नै लागि देखिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवानिकट एक केन्द्रीय सदस्यको दाबीमा निधिको उम्मेदवारीले मात्रै देउवा पछि हट्ने स्थिति नआउन सक्छ । ‘अहिलेसम्म त हारे नि के हुन्छ र भन्ने तर्क उहाँ (देउवा) ले गरिरहनुभएको छ । निधि उठे पहिलो राउन्डमा परिणाम नआउला, दोस्रो राउन्डमा पुगेर भ्याउन सकिन्छ भन्ने विश्वास सभापतिमा देखिन्छ,’ ती सदस्यले भने, ‘चारपटक प्रधानमन्त्री र दुईपटक पार्टी सभापति भइसकेको नेतालाई हार्ने गरी चुनाव लडाउन हुन्न भन्नेमा हामी छौं ।’


Advertisment
Nabil box
Kumari

नजिक रहेर काम गरिरहेका नेताहरूका अनुसार आफू पछि हट्नुपर्दा देउवाले निधिलाई आफ्नो उम्मेदवारका रूपमा स्वीकार गर्दैनन् । त्यस्तो बेला उनले वरिष्ठ नेता रामचन्द्र पौडेल वा महामन्त्री शशांक कोइरालामध्ये एकलाई रोज्न सक्ने अड्कल चलिरहेको छ । प्राध्यापक खनाल देउवाको निकटता पौडेलतिर भन्दा शशांकतिरै हुने बताउँछन् । देउवा र पौडेलबीच निकट हुनका लागि समान उद्देश्य र विचार कतै नदेखिने उनको भनाइ छ । ‘पौडेलले बोक्ने कार्यक्रमको देउवालाई कुनै अर्थ छैन । देउवाले पौडेललाई अपिरिहार्य व्यक्तिका रूपमा मानेका पनि छैनन् । मानेको भए आफू नहुँदा भन्न सक्थे,’ खनालले भने, ‘हुन नसके नरुचाएको मान्छे आउन नदिने हो । यो हिसाबले पौडेल भन्दा शंशाक नै नजिक देखिन्छन् ।’

Vianet communication
Laxmi Bank

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्य जित सुनिश्चित नभए सभापतिमा देउवाले प्रतिस्पर्धा नगर्ने बताउँछन् । उनले पनि त्यस्तो अवस्थामा पौडेल देउवाको रोजाइमा नपर्ने दाबी गरे । ‘देउवा आफैं पहिलो उम्मेदवार हुन्,’ उनले भने, ‘दोस्रो राउन्डमा पनि जित्ने निश्चित नभए मात्रै विकल्प खोज्ने हुन् । त्यस्तो बेला उनको रोजाइ शशांक हुन्छन् ।’

राजनीतिक यात्राको ६ दशक लामो कालखण्डमा देउवा र पौडेलबीच ‘लभ–हेट’ को सम्बन्ध छ । ०७५ पुस ८ गते महासमिति बैठकको समापन समारोहमा देउवाले पौडेलसँग आफ्नो केटाकेटीकै जस्तो ‘डिपलभ’ परेको प्रसंग कोट्याएका थिए । पौडेलले पनि ‘इमोसनल एट्याचमेन्ट’ रहेको बताएका थिए । तर, महाधिवेशन नजिकिँदै गर्दा पार्टी नेतृत्वलाई लिएर यी दुई नेताबीच नै मुख्य प्रतिस्पर्धा छ । देउवा र पौडेलबीच उमेरले एक वर्षको अन्तर छ । देउवा ७५ वर्ष पुगे भने पौडेल ७६ वर्ष । राजनीति पनि सँगै सुरु गरेका हुन् । जेलनेल पनि सँगै भोगे । यी दुई नेताबाटै नेतृत्व तल्लो पुस्तामा सार्नुपर्ने दबाब पार्टीभित्रै बढिरहेको छ । अर्कोतर्फ उपसभापति निधिको उम्मेदवारी घोषणाले पनि देउवालाई अप्ठ्यारो परेको छ ।

प्राध्यापक खनालका अनुसार नेतृत्वको आकांक्षाको उचाइमा नपुग्दासम्म आफ्नो भविष्य र सुरक्षाका लागि देउवा र पौडेल एक ठाउँमा उभिएका थिए । परिस्थितिले देउवा पहिला प्रधानमन्त्री भए । त्यसपछि देउवाको अग्रता स्थापित भयो । देउवा र पौडेलबीच यतिबेला पानी बाराबार छ । विधि, विधान र प्रक्रियाविपरीत अघि बढेर महाधिवेशनलाई प्रभावित पार्न खोजेको आरोप पौडेलले देउवामाथि लगाउँदै आएका छन् । देउवाले पनि आफू पार्टीको सभापति भएदेखि नै पौडेलबाट असहयोग भएको गुनासो गर्दै आएका छन् ।

पछिल्लोपटक बढ्दै गएको तिक्तताले देउवा र पौडेलबीच समीकरण बन्न नसक्ने अनुमान गरिए पनि संस्थापन पक्षीय नेताहरू देउवा र पौडेललाई मिलाउन प्रयास गरिने बताउँछन् । पौडेलले पनि यस्तो विकल्पका विषयमा हल्ला सुनेको बताएका छन् । केही दिनअघि कान्तिपुरको फायरसाइडमा पौडेलले आफूसँग प्रत्यक्ष कुराकानी नभएको तर ‘घोइरो’ रूपबाट यस्ता विकल्प सुनेको बताएका थिए ।

जति तिक्तता बढे पनि देउवा र पौडेलले बेलाबखत घनिष्ट सम्बन्ध पनि देखाउन गर्छन् । केही दिनअघि मात्रै देउवाले पार्टी कार्यालय सानेपाको आफ्नो कार्यकक्षमा आफू निकटहरूसँग ‘रामचन्द्र समकालीन पनि हो, दुःख पाएको पनि छ तर छुचो हुन उही अघि आइपुग्छ’ भनेर प्रतिक्रिया दिएका थिए । ‘समकालीन, सँगै जेलनेल भोगेको र अन्तरकुन्तरमा मायासमेत देखिएको हिसाबले पनि देउवाले पौडेललाई साथ दिने सम्भावना पनि देखिन्छ,’ संस्थापन पक्षका एक पदाधिकारीले भने, ‘तर महाधिवेशनको प्रतिनिधिको स्पष्ट तस्बिर नआएसम्म देउवा नै उम्मेदवार हुने हो ।’

खनाल देउवालाई गम्भीर चुनौती खडा भए पनि त्यसको लाभ पौडेलले पाउन नसक्ने दाबी गर्छन् । उनका अनुसार संस्थापन पक्षमा देउवा नै उम्मेदवार हुन्छन् । ‘पार्टीमा देउवाको भन्दा कम पौडेलको योगदान छैन । ०४६ साल अन्तिमतिरको देउवाको भूमिकाबारेमा प्रश्न उठे, तर पौडेलमाथि प्रश्न गर्ने ठाउँ छैन । तर राजनीतिमा निष्ठाले मात्रै सबै काम गर्दैन,’ खनालले भने, ‘पौडेललाई अघि बढाउँदा देउवाले आफूलाई कुनै लाभ हुने देखेका छैनन् ।’

पौडेलले चारपटक प्रधानमन्त्री र दुईपटक सभापति भइसकेका देउवालाई त्याग गर्न पटकपटक आग्रह गर्दै आएका छन् । समकालीन साथीकै लागि त्याग गर्दा राम्रो हुने उनको भित्री बुझाइ छ । संस्थापन पक्षकै कतिपय नेताहरूले समेत देउवा उम्मेदवार नबन्ने अवस्थामा विकल्प नै यही हो भन्दै पौडेललाई आश देखाउन गरेका छन् ।

‘देउवा आफैं उम्मेदवार बन्न नहुने परिस्थिति खडा भयो भने उहाँले भनेकै नेता उम्मेदवार हुन्छ भन्न सकिन्न । त्यतिबेला टिमको पनि कुरा हुन्छ,’ देउवानिकट एक पदाधिकारीले भने, ‘सबैलाई नेता मान्न सहज हुने, पार्टीलाई हाँक्न सक्ने र अहिले देखिएका चुनौतीसँग सामना गर्न सक्ने नेतृत्व रोज्नुपर्ने हुन्छ ।’ उनका अनुसार पहिला देउवा र पौडेलबीच सभापति एउटा बन्ने र अवसर आउँदा प्रधानमन्त्री अर्को बन्ने गरी सहमति जुटाउने प्रयास पनि हुन्छ ।

त्यस्तो प्रयास सुरु भइसकेको दाबीसमेत उनले गरे । ‘भएन र छाड्नै पर्ने अवस्था बन्यो भने त समकालीन साथीको नाताले देउवालाई छाड्दा नि सजिलो हुने र हामी सबैलाई नेता मान्न सहज हुने त पौडेल दाइ नै हो । त्यो विकल्पमा पनि कुरा हुन सक्छ,’ उनले भने । कान्तिपुर दैनिकमा  कुलचन्द्र न्यौपानेले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x