×

NMB BANK
NIC ASIA

धान खेतमा माछापालनः चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

कात्तिक १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् ।

Muktinath Bank

जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर रु तीन लाखभन्दा बढी आम्दानी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । गत असार महिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उनले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पु¥याएर विक्री गरेका छन् । “धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौं”, उनले भने, “माछापालनबाट सोचे भन्दा बढी नै आम्दानी भएको छ ।” धानको उत्पादन समेत बढेपछि दोहरो आम्दानी हात परेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

“धान खेतमा माछापालन शुरु गरेपछि रोग किराको समस्या समेत हटेको छ । धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरु वर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन”, ऐरले भने, “माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्ष पनि निरन्तरता दिने योजना छु ।”

Vianet communication
Laxmi Bank

धान काटेर थन्क्याई सकेका उनले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ । धानखेतसँगै उनले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गर्नुभएको छ । विगतका वर्षमा ५÷६ बोरी मात्रै धान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उनको भनाइ छ । 

धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पु¥याउने उनको योजना छ । खेतमा माछापालनका लागि धान रोप्नु अघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ । त्यसपछि खेतमा पानी लगाइ हिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ । धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उनको भनाइ छ । 

माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि (मेण) बनाउनु पर्ने हुन्छ । “खेत र पोखरीमा गरी दुई सय क्विन्टल माछा उत्पादन भएको छ”, ऐरले भने, “यसको बजार मूल्य रु छ लाख रहेको छ ।”

माछापालनका लागि मात्रै ऐरले रु पाँच लाख लगानी गरेका छन । माछापालनसँगै उनले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पालेका छन् । फार्ममा माछा, कुखुरा, बङ्गुर र हाँस पालनुभएका उनले यसका लागि भौतिक संरचना निर्माणमा रु ३० लाख लगानी गरेका छन । फार्म सञ्चालनका लागि केही रकम आफूसंगै भएको र केही रकम बैंकबाट ऋण लिएको उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x