नागोर्नो–काराबाखमा रोकिएन युद्ध, ताजा आक्रमणमा २१ सर्वसाधारणको मृत्यु

आर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखका विषयमा चलिरहेको लडाइँ तीनपटक युद्धविराम भए पनि जारी छ । पछिल्लो आक्रमणमा कम्तीमा २१ जना सर्वसाधारण मारिएका छन् । 

क्षेप्यास्त्र आक्रमण अजरबैजानको बर्दा शहरमा भएको हो र यसका लागि आर्मेनियालाई दोषी मानिएको छ । 
 


Advertisement

आर्मेनियाले आक्रमण नगरेको जिकिर लिएको छ र उक्त क्षेत्रमा रहेको एक प्रसूति अस्पताललाई अजरबैजानले तारो बनाएको आरोप लगाएको छ । 

गत सेप्टेम्बर २७ देखि नागोर्नो–काराबाख क्षेत्रमा लडाइँ जारी छ । 


Advertisement

उक्त पहाडी इलाका आधिकारिक रूपमा अजरबैजानको भूमि हो तर आर्मेनियाली मूलका मानिसले त्यहाँ शासन चलाइरहेका छन् । 
 

अजरबैजानका राष्ट्रपतिका प्रवक्ता हिकमत हाजियेभले बर्दामा आर्मेनियाली सशस्त्र बलहरूले क्लस्टर म्युनिसन उपयोग गरेर व्यापक रूपमा सर्वसाधारणको हत्या गरेको आरोप लगाए । 

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरहरूमा सडक तथा गाडीहरूमा क्षति पुगेको देखिन्छ । सडक किनारमा प्लास्टिकका झोलामा शरीरहरू राखिएको पनि देखिन्छ । 
 

अजरबैजानको गृह मन्त्रालयले यो आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लंघन भएको र यसको जिम्मेवारी आर्मेनियाली सरकारले लिनुपर्ने बताएको छ । 

उता काराबाखका अधिकारीहरूले एक बयान जारी गरेर अजरबैजानका सैनिकहरूले स्टेपानाकर्त शहरमा रहेको प्रसूति गृह र सर्वसाधारणको घरमा आक्रमण गरेको आरोप लगाएका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्