महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २१ गते बस्ने

पार्टीको १४ औं महाधिवेशन तयारी बारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २१ गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी महाधिवेशन तयारी सम्बन्धमा छलफलका लागि बैठक बोलाइएको जानकारी गराएका हुन् । 


Advertisement

यसअघि असोज १८ का लागि केन्द्रीय समिति बैठक बोलाएकोमा केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएपछि बैठक सरेको थियो ।

कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने यसअघि निर्णय गरेको थियो । महाधिवेशनका अन्य तालिका प्रभावित भएकोले तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएको केही केन्द्रीय सदस्यहरु बताउछन् । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्