अमेरिकी चुनावमा धाँधलीको आरोप, मतदान केन्द्रहरू हटाइँदै

कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति चुनावमा सात करोड मानिसले हुलाकमार्फत मतदान गरिसकेका छन् । 

अघिल्लो चुनावमा खसेको मतको ५० प्रतिशत मत अहिले खसिसकेको छ । 


Advertisement

यसैबीच निर्वाचन प्रभावित पार्ने कोशिशहरू पनि गरिन थालेका छन् । राज्यका सरकारहरूले आफ्नो पार्टीले जित्ने सम्भावना कम भएका स्थानमा मतदान केन्द्रहरू हटाइरहेको देखिएको छ । 

मतदाताहरूलाई गलत मतपत्र समेत पठाइएको खबर आइरहेको छ । कीर्ते मतदान बूथहरू जडान गरिएको सूचना पनि आइरहेका छन् । 


Advertisement

क्यालिफोर्निया विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक ए शिक्लरले अहिले विदेशी शक्तिहरू भन्दा पनि देशमा फैलिरहेको अनुशासनहीनताले बढी खतरा निम्त्याएको बताए । मानिसहरूलाई भोट नदिनका लागि जोड दिइँदैछ । 
 

टेक्सस राज्यमा प्रत्येक काउन्टीमा एउटा मात्र मतदान केन्द्र राख्ने कानून ल्याइएको छ । त्यहाँ मानिसहरूले लामो लाइन लागेर मतदान गर्नको झन्झटले भोटै हाल्न नआऊन् भन्ने रणनीति अंगीकार गरिएको छ । 
 

भोटर सप्रेसन अर्थात् मतदातालाई दमन गर्ने, भोट दिन रोक्ने र मतदान प्रक्रियामा बाधा पार्ने काम भइरहेका छन् । मतसर्वेक्षणहरूमा जो बाइडनभन्दा पछि परेका राष्ट्रपति डोनल्ड ट्रम्प र रिपब्लिकन पार्टीले चुनावलाई झूटो साबित गर्न कोशिश गरिरहेका छन् । 

कडा प्रतिस्पर्धामा प्रत्येक भोटको महत्त्व हुन्छ । हुलाकबाट पठाइएको भोट गन्न एकदेखि दुई हप्ता लाग्छ । ट्रम्पले मतपत्रहरूको यस्तो गणनालाई गैरकानूनी बताइरहेका छन् । 
 

भोटर टर्नआउट बढेको बेलामा रिपब्लिकन पार्टीलाई हानि पुग्ने इतिहास छ । त्यसैले ट्रम्प र उनको रिपब्लिकन पार्टीले कम भोटिङ होस् भनी कोशिश गरिरहेको छ । विशेषज्ञहरू यो धाँधली भएको बताइरहेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्