×

NMB BANK
NIC ASIA

फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल

कात्तिक १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 हेरिरहुँ लाग्ने ढुङ्गाको कापबाट करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै मनमोहक तथा कञ्चन झरना झरिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

वरिपरिका अग्ला पहाड र पहाडको काखमा रहेको हरियाली जङ्गलमा विभिन्न प्रजातिका चराचुङ्गीको चिरबिर आवाज छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सावाँमा पर्ने फुङफुङे झरनामा पुग्ने सबैलाई आकर्षित गर्ने वातावरण हो यो ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अझ झरना नजिकैको सावाँ गाउँको बस्तीका लिम्बू समुदायको स्वागत सत्कार र आत्मियताले त झनै लोभ्याउँछ । त्यसैले पनि झरना क्षेत्रमा पुगेकाहरु तुरुन्तै फर्किन खोज्दैनन् । फुङफुङे झरना र स्थानीय समुदायको स्वागत र आत्मियता । यहाँको विशेषता हो यो । केही अघिसम्म गुमनाम जस्तै बनेको फुङफुङे झरनाले आजकल धेरैलाई यसैगरी आकर्षित गरिरहेको छ । आन्तरिक पर्यटकको चहलपहल एकपछि अर्काे गरी दिनदिनै बढ्दै छ । 


Advertisment
Nabil box
Kumari

गत वर्षसम्म यहाँ फाट्टफुट्ट मात्र पर्यटक पुग्ने गर्दथे । तर अहिले भने यस जिल्लाका मात्रै नभई काठमाडौँ, पोखरा, इटहरी, धरान, झापा, इलाम, पाँचथरलगायतका जिल्लाबाट पनि सवारी ‘बुक’ गरेरै पर्यटकहरु झरनाको अवलोकन गर्न पुगेका छन् । असोज यता दैनिक कम्तीमा ५० देखि ६० जनासम्म आन्तरिक पर्यटक पुग्न थालेका स्थानीय बताउँछन् । कहिले त एक÷दुई सयकै हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेको स्थानीय होमस्टे (घरबास) सञ्चालक तथा होटल व्यवसायी विजय साँवाले बताए । 

Vianet communication
Laxmi Bank

पछिल्लो समयमा फुङफुङेको प्रचार–प्रसारमा वृद्धि हुँदै गएको र यायायातको सुविधा पुगेकाले क्रमशः पर्यटकहरुको सङ्ख्या पनि बढेको साँवाको भनाइ छ । “यस क्षेत्रमा पर्यटन प्रर्वद्धनका लागि सानोतिनो बजेट पनि आउन थालेको छ, नजिकै सामुदायिक होमस्टेसमेत खोलेका छौँ, आउन जान सडक यातायात सहज बनेको छ, दैनिकजसो गाडी रिजर्भ गरेर पनि आन्तरिक पर्यटकहरु आउन थाले” फङफङदेन सामुदायिक होमस्टेका अध्यक्षसमेत रहनुभएका साँवाले भने । 

हिमाली संरक्षण मञ्चलगायतका सङ्घसस्थाको सहयोगमा झरना नजिकैको बस्तीमा सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । होमस्टेमा पुग्ने पर्यटकले लिम्बू समुदायको परम्परागत नाचहरु धान नाच, हाक्पारे ख्याली, च्याब्रुङ नाच, बिजुवा नाचसमेत अवलोकन गर्न पाउँछन् भनेसँगै नाच्न र गाउनसमेत सक्छन् । लिम्बू समुदायको यी नाचहरु निकै आकर्षक हुने गर्छन् । आफ्नो गाउँघरमा आएका पाहुनालाई स्वागत सत्कार गर्न, मेला महोत्सव, विवाहलगायत चाडबाडका समयमा पनि यिनै नाचहरु नाच्ने गरिन्छ । त्यस्तै होमस्टेमा लिम्बू समुदायकै परम्परागत खाना, तोङ्वा सुकुटी, स्थानीय उत्पादनमा आधारित विभिन्न खाद्य परिकार, सिस्नु ढिँडो, स्थानीय कुखुराको मासु इत्यादिको स्वाद समेत चाख्न पाइन्छ । 

लिम्बू समुदायमा साइनो नलाग्नेबीच सोल्टी सोल्टिनीको साइनो लगाउने चलन छ । यही साइनोमा एकअर्कालाई बोलाउन र भलाकुसारी गर्नुको मज्जा बेग्लै छ । जसले स्थानीय समुदायसँग आत्मियता पनि बढाउने गरेको छ । 

आवश्यक पूर्वाधारको विकास र उचित प्रचारप्रसार हुन नसक्दा फुङफुङे झरना केही वर्ष अघिसम्म ओझेलमै थियो । तर पछिल्लो पटक सरकारको समेत यस क्षेत्रमा ध्यान पुगेपछि क्रमशः पूर्वाधारको विकास हुँदै गएको स्थानीयले बताएका छन् । अहिले झरना अवलोकनका लागि विश्रामस्थल निर्माण भएको छ भने घोडेटो बाटोसमेत व्यवस्थित बनेको छ । केही पूर्वाधार निर्माणका कार्यसमेत चलिरहेका छन् । प्रचारप्रसार र स्थानीय संस्कार संस्कृतिलाई संरक्षण गर्न सके त्यस क्षेत्रलाई नमूनाको रुपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ । 

पर्यटन प्रर्वद्धनमा सबै पक्ष जुटे स्थानीयको आयआर्जनमा वृद्धि हुनुका साथै ताप्लेजुङको विकासमा नै सहयोग पुग्नेछ । पहिले यो झरनाबारे थाहा थिएन तर अहिले पर्यटकको लाम लाग्न थालेको छ । अब देश विदेशका पर्यटकको आगमनलाई कसरी निरन्तरता दिने भन्ने चुनौती थपिएको स्थानीयले बताएका छन् । 

“पूर्वाधारको विकास र निर्माणले मात्रै पुग्दैन पर्यटन प्रवद्धनका लागि स्थानीयस्तरका भाषा, वेषभूषा, कला संस्कृतिको जगेर्ना गर्नुपर्छ र स्थानीयलाई पर्यटन व्यवसायबाटै आत्मनिर्भर बनाउनुपर्छ” स्थानीय समाजसेवी विके थलङ भन्छन् । यस्तै जलवायु परिवर्तनलगायतका कारण जलाधार क्षेत्र समेत प्रभावित भइरहेका बेला पर्यटकका आकर्षण  तालतलैया, पोखरी, झरनाजस्ता क्षेत्रलाई कसरी संरक्षण गर्ने वा जोगाउने भन्ने विषयमा पनि ध्यान दिन जरुरी भएको उनको भनाइ छ । 

यता जिल्लाका धार्मिक तथा सांस्कृतिक एवं प्राकृतिक पर्यटकीय क्षेत्रलाई सडक मार्गबाट एक आपसमा जोड्न सके थप पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने जिल्लावासीहरु बताउने गर्छन् । यस जिल्लामा पर्यटक आकर्षित गर्नसक्ने तिम्बुङ पोखरी, सोदु पोखरी, भूत पोखरी साथै सानातिना सयौँ तालतलैया र झरनाहरु पनि छन् ।

विश्वको तेश्रो अग्लो तथा नेपालको दोश्रो अग्लो कञ्चनजङ्घा हिमाल, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, करिब ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा जस्ता ठाउँहरु जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य हुन् । वर्षेनी यी क्षेत्रको विकासका नाममा बजेट र कार्यक्रम आएको प्रशस्तै सुन्ने गरिए पनि देखिने गरी विकासका गतिविधि तथा न्यूनतम पूर्वाधार निर्माणको काम भने कमै मात्र भएको छ ।  सन्तोष पुर्कुटी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x