फ्रान्सको निसमा आतंकवादी आक्रमण, ३ जनाको मृत्यु

फ्रान्सको निस शहरमा गरिएको चक्कु आक्रमणमा तीनजनाको मृत्यु भएको छ । 

सबै कुराले नोट्रेडेम बेसिलिकामा भएको आक्रमण आतंकवादी हमला भएको संकेत दिएको निस शहरका मेयर क्रिस्चियन एस्त्रोसीले बताए । 


Advertisement

आक्रमणमा एकजना महिलाको टाउको काटिएको छ । 
 

आक्रमणकारीलाई पक्राउ गरिएको छ । पक्राउ पर्दा उनले अल्लाह महान् छन् भनी नारा लगाएको सुनिएको थियो । 


Advertisement

फ्रान्सको प्रतिआतंकवादी अभियोजनकर्ताहरूले हत्याको विषयमा छानबिन शुरू गरेका छन् । 
 

मारिनेमध्ये एकजना बेसिलिकाका रेखदेखकर्ता भएको एस्त्रोसीले बताए । 

गृहमन्त्री जेराल्ड दार्मानिनले मन्त्रालयमा आकस्मिक बैठक बोलाएको जानकारी दिएका छन् । 

फ्रान्समा पैगम्बर मोहम्मदको कार्टून देखाएको भन्दै एक शिक्षकको हत्या गरिएपछि क्रिस्चियन र मुसलमानहरूबीच विवाद बढेको अवस्थामा यो आक्रमण भएको हो ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्