देशभर थप २ हजार ३६४ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

देशभर थप २ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरण अनुसार थपिएका संक्रमितमध्ये १ हजार ३८० पुरुष र ९८४ महिला रहेका छन् । ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गरिएको थियो । 


Advertisement

कोरोनाबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

पछिल्लो विवरण अनुसार थप ३ हजार ३७ जना संक्रमण निको भई डिस्चार्ज भएका छन् । हालसम्म १ लाख ६४ हजार ७१८ जनामा संक्रमण पुष्टि भएकोमध्ये १ लाख २४ हजार ८६२ जना निको भइसकेका र ३८ हजार ९५२ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । संक्रमण निको हुने दर ७५.८% रहेको जनाइएको छ ।


Advertisement

राजधानी काठमाडौं उपत्यकामा १ हजार ६१५ संक्रमित थपिएका छन् । जसमध्ये ९११ पुरुष र ७०४ महिला रहेका मन्त्रालयले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्