जनप्रतिनिधिको चाडबाड खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय

प्रतिकात्मक तस्वीर

प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्च बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर चाडबाड खर्च गाउँपालिका कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।


Advertisement

पालिकाभित्रका २९ जना जनप्रतिनिधिले पाउने २ लाख ६२ हजार रुपैयाँ गाउँपालिका कोरोना विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता गिरीराज पौडेलले बताए । कोरोना संक्रमण बढिरहेको अवस्थामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम जम्मा गरिएको उनले बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्