×

NMB BANK
NIC ASIA

सरकारले धानको समर्थन मूल्य तोक्दा किसानलाई राहत

कात्तिक १३, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सरकारले यस वर्ष समयमै धानको न्यूनतम समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले किसानबाट उत्पादित धान सहकारीमार्फत् तोकेको मूल्यमा खरिद गर्ने यसअघि नै जनाइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारले गत जेठ २ गते चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७३५ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो । सहकारीमार्फत धान खरिद गर्न कृषि मन्त्रालयले निर्देशिका जारी गरेको छ ।
 
एसोसियसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट (अनाज) ले बिहीवार ‘धानको समर्थन मूल्य कार्यान्वयनको अवस्था र भावी कार्यदिशा’ विषययमा आयोजना गरेको संवादमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका निमित्त सचिव योगेन्द्रकुमार कार्कीले धान राज्यले किनिदिने निर्णयसँगै किसानका अन्य समस्या समाधानको बाटो पनि खुल्दै गएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘धान किन्न सबैलाई खुल्ला छ तर यसपटक हामीले सहकारीमार्फत् किन्ने शुरूआत गरेका छौैं, यसको सफल कार्यान्वयनमा सबै लागौं ।’ उनले किसानका लागि आवश्यक मल, बीउ, सिँचाइ, बजार, उचित मूल्यलगायत समस्या समाधानका लागि मन्त्रालयले दीर्घकालीन योजना बनाएको पनि जानकारी दिए ।

Vianet communication
Laxmi Bank

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले अन्य बजार, सीमावर्ती बजार, मुद्रास्फितिको आकलन र किसानको कूल लागतमा २० प्रतिशत नाफा राखेर धानको समर्थन मूल्य तोकिएको बताए ।

राष्ट्रिय कृषक महासंघका उपाध्यक्ष पन्तकाजी श्रेष्ठले भने सरकारले तोकेको न्यूनतम् मूल्य किसानलाई थाहा नहुने र बीचमा व्यापारीले बढी मूल्य लिन सक्ने आशंका गरे । नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेम पाठकले राज्यले समर्थन मूल्य शुरूमै तोकेपनि धान किन्नमा ढिलाइ भएको गुनासो गरे ।

यसवर्ष ९५ हजार मेट्रिक टन धान कृषि सहकारी संघले किन्ने अपेक्षा गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले धान खरिद गर्दा त्यसको गुणस्तर कायम राख्न आग्रह गर्दे धानमा १८ देखि २२ प्रतिशत चिस्यान हुने भएकाले त्यसको भण्डारणमा ध्यान दिन सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x