७७ वर्षको उमेरमा पनि कसरी फिट रहन सके अमिताभ बच्चन ?

तपाईंलाई लाग्न सक्छ कि ७७ वर्षको उमेरमा पनि अमिताभ बच्चन कसरी यतिधेरै सक्रिय र फिट भए ? यसो  हुनुको कारण वर्कआउट र डाइटिङ नै हो ।

फिटनेस ट्रेनर तथा डाइटिसियन वृन्दा मेहताले अमिताभलाई दैनिक वर्कआउट गराउँछन्। अमिताभ जब २५ वर्षका थिए, त्यसताका उनी दैनिक ८ देखि १० घण्टासम्म सुत्थे। तर अहिले ५ देखि ६ घण्टा मात्र सुत्छन्। 


Advertisement

उनले दिनको शुरूआत बिहान साढे ५ बजेदेखि हुन्छ। उनी बिहान मर्निङवाक र योगा गर्छन्। 

उनले शारीरिक अभ्यासमा कहिल्यै हेलचेक्र्याइँ गर्दैनन्। कहिलेकाहीँ बिहान वर्कआउट गर्न नपाउँदा त्यसको पूर्ति उनले बेलुका गर्ने गर्छन्। 


Advertisement

उनी सन्तुलित आहार खान्छन् । उनी साकाहारी हुन् । 

उनले कुकिङ स्टाफलाई देशको अलगअलग राज्यका परिकार बनाउन निर्देशन दिएका छन्। उनीहरूले त्यही अनुरूप पकाउँछन् । 

अमिताभले चुरोट र मदिरा सेवन पनि छाडिसकेका छन् । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्