×

NMB BANK
NIC ASIA

चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य गरिँदै

कात्तिक १४, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका तथा पृथ्वीराजमार्ग अन्तर्गतका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आर्थिक वर्ष ०७६/०७७ मा कोभिड–१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन नसकेपछि यस आर्थिक वर्ष ०७७/०७८ को शुरुदेखि नै सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको हो ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वमा मुग्लिनदेखि पश्चिम कोत्रेसम्म करिब ७२ किलोमिटर दूरीमा रहेको छ । राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने र छेउछाउका सडक बिग्रँदै गएका स्थानमा कालोपत्रे गरी सिल गर्ने कार्य गरिएको डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी एवं इन्जिनीयर सचिनकुमार श्रेष्ठले जानकारी दिए । पृथ्वीराजमार्ग हुँदै आसपास जोडिने आँबुखैरेनी–गोरखा, डुम्रे–बेँशीशहर खण्ड, डुम्रे–बन्दिपुर, तनहुँ–लमजुङ, लमजुङ–मनाङलगायतका सडकखण्डमा आवश्यकता अनुरूप मर्मत सम्भार कार्य अघि बढाइएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

“सडक डिभिजन कार्यालयद्वारा वर्षभरि वा असार मसान्तसम्म नै सडक मर्मत सम्भार तथा विस्तार कार्य गरिरहन्छ तर सडकअन्तर्गत पनि धेरै ठेक्का लाग्ने भएकोले ठेकेदारले तोकिएको समय अवधिभित्र उक्त योजना सम्पन्न गर्नुपर्ने हुन्छ”, उनले भने । चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तारका लागि आर्थिक वर्ष ०७७/०७८ का लागि रु २२ करोड बजेट विनियोजन गरिएको छ । 

Vianet communication
Laxmi Bank

सडकअन्तर्गतका कतिपय योजनाको ठेक्कापट्टा गर्ने कार्य सम्पन्न भइसकेको छ । उनले भने, “अब छिट्टै काममा लगाउन मात्रै बाँकी रहेको छ ।” सङ्घीय सरकार अन्तर्गतका सडकहरुमा बजेटले पुगेसम्म आवश्यक स्थानमा मर्मत तथा सम्भार कार्य गर्दै आएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । 

कतिपय सडकको छेउछेउमा रहेको जमिनलाई सदुपयोग गर्दै सडक फराकिलो बनाउने र जोखिम स्थानहरुमा पिलर निर्माण गर्ने कार्यसमेत गरिएको छ । पृथ्वीराजमार्गसँगै अन्य सडकका बीच भागमा रहेका खाल्डाखुल्डी नपुरिँदा सवारी दुर्घटना बढ्न थालेपछि दशैँ अगावै अधिकांश सडकका खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न गरिएको उनले बताए । 
 
पृथ्वीराजमार्गका सबै स्थानमा सडक निर्माणका कार्य भए पनि तनहुँको बन्दिपुरस्थित डुम्रे बजार क्षेत्रमा भने पानी निकास हुन नसक्दा निर्माण कार्यमा समस्या भएको बताइएको छ । 

गत वर्ष १८ करोड फ्रिज 
 
आर्थिक वर्ष ०७६/०७७ मा रु १८ करोड बजेट फ्रिज भएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । सडक मर्मत सम्भार तथा विस्तार कार्यका लागि ठेक्का लागे पनि कोभिड–१९ का कारण काम शुरु हुन नसक्दा बजेट फ्रिज भएको हो ।

गत वर्ष पनि रु २२ करोड नै बजेट विनियोजन भएको थियो । सूचना अधिकारी श्रेष्ठले भने, “कोभिड–१९ का कारण जम्मा रु चार करोड बजेटको मात्रै काम भयो, अरु बजेट फ्रिज भएर गयो ।” यस वर्ष बजेट फ्रिज नहुने गरी सडक निर्माणका कार्यलाई निरन्तरता दिइएको डिभिजन कार्यालय दमौलीले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x