नेकपा नेता हत्या प्रकरण : जाहेरी दर्तापछि अन्त्येष्टि गरियो

मृत्युको आठ दिनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव तथा जिल्ला कमिटी सदएय मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको निवास्थान लगि शतगत गरिएको हो ।

 नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएका थिए । 
      
सो गाँउपालिका कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनको नियोजित ढंगले हत्या भएको भन्दै पर्सामा आन्दोलन भएपछि मात्रै जाहेरी दर्ता भएको थियो । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्