कस्तो छ आगामी ३ दिनको मौसम ?

शनिवार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले उल्लेखनीय मौसमी प्रणाली छैन । 
 
शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
 
राती भने प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

यस्तै आइतवार दिउँसो प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 
 
आइतवार राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 


Advertisement

 विभागका अनुसार आगामी सोमवार दिउँसो देशका पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 
सोमवार राती देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्