मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
करिब एक करोड रुपैयाँ हाराहारी खर्चिएर स्याटेलाइट जीपीएस कलर जोडिएको ‘जेबरोङ’ नाम दिइएको शे–फोक्सुन्डो निकुञ्जको हिउँचितुवा मरेको भेटिएको छ । सँगै कलर जोडिएको ‘सामलिङ’ नामको अर्को हिउँचितुवा पनि ६ महिनादेखि सम्पर्कमा छैन ।
वन्यजन्तुको गतिविधि निगरानीस्वरूप स्याटेलाइट कलर जोड्न वन्यजन्तु संरक्षण–अनुसन्धानमा सहयोगी दातृ संस्थाहरूले करोडौं रुपैयाँ लगानी गरे पनि त्यस्ता वन्यजन्तु बीचमै मर्ने र सन्देश दिन छाड्नेलगायत प्राविधिक समस्या अहिले आएर चुनौती बनेको छ ।
करिब १० वर्षअघि चितवन निकुञ्जमा जीपीएस कलर जोडी बर्दिया निकुञ्जमा छाडिएको ‘नमोबुद्ध’ नाम दिइएको बाघ पनि बीचमै मरेको थियो । बर्दिया निकुञ्जको सुर्खेत क्षेत्रमा विष मिसिएको गाईको सिनो खाँदा त्यो बाघ मरेको थियो । रेडियो कलर जोडिएका गैंडा पनि बीचमै मरेका छन् भने कलर चुँडिएका घटना पनि छन् ।
स्याटेलाइट कलरजडित गिद्ध पनि मरेका छन् । प्राविधिकहरूका अनुसार जीवजन्तुमा लगाएर छाडिने कलरले दुई वर्षभन्दा बढी समयसम्म संकेत दिने काम गर्छ । ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रको याङ्मा क्षेत्रमा करिब ७ वर्षअघि कलर जडान गरिएको हिउँचितुवा पनि धेरै समयसम्म सम्पर्कविहीन थियो । ‘लामो समय सिग्नल नदिँदा त्यतिबेला हामी आत्तिएका थियौं,’ कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन समितिमा लामो समय नेतृत्व गरेका खगेन्द्र लिम्बुले भने, ‘केही समयको ग्यापपछि फेरि सूचना प्राप्त हुन थालेको थियो, कहिलेकाहीँ त्यो प्रविधिले धोका दिने रहेछ ।’
डब्लूडब्लूएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को प्राविधिक सहयोगमा विभागकै नेतृत्वमा कञ्चनजंघा क्षेत्रमा चारवटा हिउँचितुवाको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको थियो । त्यसबाट त्यहाँका हिउँचितुवाको विचरण चीनको तिब्बत, भारत र भुटानसम्मै हुने गरेको देखाएको थियो । स्याटेलाइट वा जीपीएस कलरिङ डिभाइसले वन्यजन्तुले गरेका गतिविधिका संकेत कम्प्युटरका सफट्वेयरमा प्राप्त हुन्छ । त्यसैलाई हेरेर उसले हिँडेको क्षेत्रफललगायत गतिविधि पत्ता लगाउन प्राविधिकलाई सहज हुन्छ । कलर जोडिएका वन्यजन्तुको निगरानी विभाग र डब्लूडब्लूएफ नेपालका प्राविधिकले गर्ने गरेका छन् ।
डब्लूडब्लूएफ नेपालमा संरक्षण कार्यक्रम प्रमुख रहेका वन्यजन्तुविद् शिवराज भट्ट कलर जोडिएका वन्यजन्तुले संकेत दिन छोड्नुमा उपकरणको गुणस्तर मुख्य कारक हुने बताउँछन् । ‘कम गुणस्तरका कलर जोडिएकाले कञ्चनजंघामा केही समस्या भएको हो,’ उनले कान्तिपुरसित भने, ‘पछि हामीले गुणस्तरीय कलर प्रयोग गर्न थाल्यौं ।’
गत वर्ष शे–फोक्सुन्डोको भिजेर क्षेत्रका दुईवटा हिउँचितुवामा जर्मनीमा बनेका स्याटेलाइट कलर जोडिएको थियो, त्यसको एउटैको मूल्य ६ देखि ७ हजार अमेरिकी डलर हो । ती दुई चितुवामा उपकरण जडान गर्दा कति खर्च भएको थियो भन्ने औपचारिक हिसाब निकुञ्ज विभागसँग भने छैन ।
वन्यजन्तुको अनुसन्धान र गतिविधि अनुगमन गर्न नेपालमा पनि स्याटेलाइट रेडियो कलर जडान गरेर छाड्न थालिएको हो । यस्तो प्रविधिमा डब्लूडब्लूएफ नेपाल र एनटीएनसीले लगानी गर्ने गरेका छन् । गैंडाविज्ञ शान्तराज ज्ञवाली भने कलर जोडिएका वन्यजन्तु मर्नुलाई ठूलो विषय ठान्न नहुने तर्क गर्छन् । नेपालमा हिउँचितुवा ५ सयको हाराहारीमा रहेको अनुमान छ । अनुसन्धानका लागि अहिलेसम्म ६ वटामा स्याटेलाइट कलर जोडिएको छ । जुलोजिकल सोसाइटी अफ लन्डनआबद्ध वन्यजन्तुविद् भगवानराज दाहाल संख्यात्मक हिसाबले यसलाई थोरै भन्न नमिल्ने बताउँछन् ।
वन्यजन्तुलाई बेहोस पारेर नियन्त्रणमा लिई रेडियो कलर जडान गरेर छाडिन्छ । यो प्रयोजनका लागि पशुचिकित्सक परिचालन हुन्छन् । कतिपय वन्यजन्तु डार्ट गर्ने बेलैमा पनि मर्ने गरेका छन् । १५ वर्षअघि सगरमाथा निकुञ्जमा झारललाई रेडियो कलर गर्न डार्ट गर्दा एउटा झारल मरेको थियो । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार कलर जोडिएका हात्ती भने मरेका घटना बिरलै छन् ।
बस्तीमा पसेर विध्वंस मच्चाउने हात्तीको गतिविधि निगरानी गर्न देशभर अहिलेसम्म ७ वटा हात्तीमा स्याटेलाइट कलर जोडिएको छ । कलर जोडिएको एउटा हात्ती सर्लाहीको ईश्वरपुरमा मरेको थियो । ‘बर्दियाको खाता क्षेत्रका गैंडा भारततिरको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीमा कुन कुन स्थानबाट क्रस गर्छन् भन्ने जानकारी रेडियो कलरबाट नै प्राप्त भएको हो,’ वन्यजन्तुविद् भट्टले भने, ‘अहिले हुलाकी राजमार्ग बनाउँदा वन्यजन्तुका लागि अन्डरपास र ओभरपास बनाउने सिकाइ यही प्राविधिबाट प्राप्त भएको हो ।’
त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख चितुवाविज्ञ तेजबहादुर थापा स्याटेलाइट कलर जोडिएको वन्यजन्तु उमेर पुगेर, जुधेर वा आहारका लागि संघर्ष गर्ने क्रममा पनि मरेको हुन सक्ने भएकाले विषय विवादमा आउने गरेको तर्क गर्छन् ।
पाँचथर, इलाम र ताप्लेजुङ भूपरिधि क्षेत्रका १० वटा हाब्रे (रेडपान्डा) मा पनि स्याटेलाइट जीपीएस कलर जोडिएको छ । वन तथा भूसंरक्षण विभागको पहलमा हाब्रेको अनुसन्धानमा काम गर्दै आएको रेडपान्डा नेटवर्कले २०७६ को भदौ–मंसिरमा ६ पोथी र ४ भालेमा कलर जडान गरेको हो ।
स्याटेलाइट ट्याग ढाडमा बाँधेर छाडिएको एउटा जंगली गिद्ध करिब ११ सय किलोमिटर यात्रा गर्दै पाकिस्तानको जम्मु कश्मीरसम्म पुगेर फर्किएको थियो । ‘स्याटेलाइट ट्यागकै कारण गिद्धले त्यति लामो यात्रा गरेको थाहा पाउन सकिएको हो,’ पन्छी संरक्षण संघका चराविद् कृष्णप्रसाद भुसालले भने । सन् २०१५ मा स्याटेलाइट ट्याग लगाइएका तीन सुन गिद्धमध्ये दुई पाल्पामा विष मिसिएको सिनो खाँदा मरेका थिए । लकडाउनकै बीचमा स्याटेलाइट जोडिएको अर्को गिद्ध पनि पाल्पामा मरेको थियो । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले खबर लेखेका छन् ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...