×

NMB BANK
NIC ASIA

सामुदायिक वन व्यवस्थापनमा केही समस्या छन्, त्यसको सुधार हुनुपर्छ : मुख्यमन्त्री भट्ट

कात्तिक १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका वनमा गलत क्रियाकलाप भए निष्पक्षरूपमा छानबिन गर्नुपर्ने र राम्रो भएमा त्यसलाई अझै प्रभावकारी बनाउनेतर्फ लाग्नुपर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

वैज्ञानिक वन व्यवस्थापन लागू भएका कञ्चनपुरका १२ वटा सामुदायिक वनका पदाधिकारीले काठ दाउरामा लगाइएको बन्देज खोल्नुपर्ने माग राख्दै मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाउने क्रममा बोल्दै मुख्यमन्त्री भट्टले पूर्वाग्राही तरिकाले आरोप लगाउन नपाइने उल्लेख गर्नुहुँदै निष्पक्ष छानबिन हुनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको वन ऐनको खाका तयार भएको जानकारी दिँदै उहाँले आउँदो प्रदेशको अधिवेशनमा पेश गरी पास गरिने बताए । प्रदेशको वन ऐन नबन्दा सङ्घीय वन ऐनमै भर पर्नु परेकाले संविधानले प्रदेशलाई दिएको अधिकारमाथि हस्तक्षेप हुँदै आएको उनले बताए । “सामुदायिक वन व्यवस्थापनमा केही समस्या छन्”, उनले भने, “केही सुधार गर्नुपर्ने आवश्यकता पनि छ, काठको ठेक्का प्रणालीमा सुधार गर्नुपर्ने पनि छ ।” 


Advertisment
Nabil box
Kumari

उद्योग, पर्यटन तथा वातावरण मन्त्री माया भट्टले प्रदेशको वन ऐन नबन्दासम्म सङ्घकै ऐनले वनसम्बन्धीका कार्य अगाडि बढेको बताउनुभयो । प्रदेशको वन ऐन बनाउँदा सबैको राय र सुझावका आधारमा बनाइने धारणा अघि सार्दै उहाँले वन ऐन नबन्दा वनसम्बन्धी मुद्दाको चाप बढेको बताए ।

Vianet communication
Laxmi Bank

“वैज्ञानिक वन व्यवस्थापन भएका वनको काठ सङ्कलनमा लगाइएको रोक हटाउनुपर्नेमा म पनि छु”, उनले भने, “समयमै ढलापडा काठ र घाटगद्दीमा राखिएको काठ उपभोक्तालाई उपलब्ध नगराउँदा काठ कुहिएर जाने अवस्था आएको छ । सामुदायिक वनको काठ उपभोक्ताले पाउनुपर्छ ।” 

शुक्लाफाँटा नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १५ गतेको निर्णयबाट साल काठ दाउरा सङ्कलन तथा बिक्री वितरणमाथि प्रतिबन्ध लगाइएकामा सो निर्णयले वन क्षेत्रबाट काठ चोरी हुने, आगलागीबाट नष्ट हुने, काठको गुणस्तर खस्किँदै जाने, उपभोक्ताको आम्दानीका साथै राजश्वमा समेत नकारात्मक असर पर्ने, उपभोक्ताको घरकाज, मृत्यु संस्कार धार्मिक कार्यलगायतमा उपभोक्तालाई काठ दाउरा उपलब्ध गराउन नसक्दा वन संरक्षणमा उपभोक्ताको नकारात्मक धारणा अभिवृद्धि हुने भएकाले लगाइएको प्रतिबन्ध अविलम्ब फुकुवा गरिनुपर्ने माग राखिएको बताए ।

यसैगरी वैज्ञानिक वन व्यवस्थापन कार्यविधि नेपाल सरकार र प्रदेश सरकारको नीति तथा कार्यक्रम, मौजुदा वन ऐन, नियमावलीबमोजिम सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको कार्ययोजना कार्यान्वयन गराउने सामुदायिक वनका पदाधिकारी, वन कर्मचारीलाई विभिन्न झुटा मुद्दा लगाउने सङ्घीय संसद् सार्वजनिक लेखा समितिबाट गठित वैज्ञानिक वन व्यवस्थापन उपसमितिको प्रतिवेदन खारेज गर्न माग गरिएको छ । 
 
साधारणसभामा कीर्ते दस्तखत गरेको सामुदायिक वनमा ठेकेदारको लगानी, पुनरुत्पादन कटान गर्दा माउ रुखहरु नराखेको, वन फडानी गरेको, कोषको रकम हिनामिना गरेको, काठ व्यवसायीसँग मिलोमतो गरी काठ बिक्री गरी अनियमित गरेकोलगायतका आरोपको पुनः निष्पक्ष छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्न माग गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x