काँग्रेस सांसद विश्वकर्माको उपचारमा सहयोगका लागि आग्रह गर्दै प्रधानमन्त्रीलाई फोन

नेपाली कांग्रेसले  कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहेका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ । 
सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई कात्तिक ९ गतेदेखि अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । 

 कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत  उनको स्वास्थ्यावस्थाबारे जानकारी गराउनाका साथै  स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन् । 


Advertisement

नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेको कांग्रेस संसदीय दलले जनाएको छ । सांसद विश्वकर्मामा निमोनिया देखिएको छ । 
श्वासप्रश्वासमा समस्या आएको हुँदा उनको हाल धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको  छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्