मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गयो

पाल्पामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –३ सिरुखर्कस्थित पाल्पा –गुल्मी पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन –१४ अर्गलीका मोटरसाइकल चालक ३९ वर्षीय हरिप्रसाद ज्ञवालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनदेखि रिडी, गुल्मीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्बरको मोटरसाइकल मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका ज्ञवालीको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको थियो ।   मोटरसाइकल पछाडि सवार घाइते गुल्मी, ग्वादी गाउँपालिका –४ बस्ने ४३ वर्षीय अनिल ज्ञवाली भने लुम्बिनी मेडिकल कलेजमा उपचारपछि घर फर्केको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्