पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कात्तिक १८, २०७७
अमेरिकामा मंगलवार हुन लागेको राष्ट्रपति निर्वाचनमा बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका प्रतिद्वन्द्वी जो बाइडनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
लगभग सबैजसो मतसर्वेक्षणमा बाइडनले ट्रम्पलाई हराउने प्रक्षेपण गरिएका छन् । तर सन् २०१६ मा भएको निर्वाचनमा पनि यस्तै किसिमका पूर्वानुमानहरू विफल भएका थिए । यसपालि त्यसैको पुनरावृत्ति नहोला भन्न सकिन्न ।
त्यसो त कोरोनाभाइरसको व्यवस्थापन गर्न नसकेकाले अनि मुखमा जे आयो त्यो बोल्ने बानी नसुधारेकाले ट्रम्पको विपक्षमा जनलहर उर्लेको पनि देखिन्छ । विशेषगरी महिला र उपनगरीय क्षेत्रका मतदाताहरूले ट्रम्पलाई सन् २०१६ मा जिताएकोमा यसपालि उनीहरू ट्रम्पसँग चिढिएका विभिन्न मतसर्वेक्षणले देखाएका छन् ।
तर बाइडन र उनको निर्वाचन अभियन्ताहरूले ट्रम्पको यो कमजोरीलाई आफ्नो पक्षमा मत खसाल्नका लागि उपयोग गर्न सकिरहेको देखिँदैन, उल्टो गल्तीहरू गरिरहेको पाइन्छ ।
हिलारी क्लिन्टनकै प्रवृत्ति दोहोर्याउनु बाइडनको सबभन्दा ठूलो भूल हो । सन् २०१६ मा क्लिन्टनले विस्कोन्सिन लगायतका राज्यका मतदातालाई भेट्न जाने कोशिश पनि गरिनन् र फलस्वरूप त्यहाँका मतदाता उनीसँग चिढिए । बाइडन पनि एकदमै ढिलो मात्र त्यहाँ पुगेका छन् ।
सामान्यतया राष्ट्रपतिका उम्मेदवारहरू सकेसम्म धेरै मतदातालाई प्रत्यक्ष भेटेर चुनाव प्रचार गर्छन् । त्यसो गर्दा मतदाताहरूले अपनत्व अनुभव गर्छन् र त्यही उम्मेदवारलाई मत दिन्छन् ।
कोरोनाका कारण ठूला सभा आयोजना गरेर धेरैभन्दा धेरै मतदातालाई भेट्न गाह्रो परेको अवस्था छ तर बाइडनको निर्वाचन अभियान चाहिँ सानो कोठामा अलिअलि मान्छे भेला पारेर अनि सकेसम्म फोनबाट मतदातालाई फकाउनमा केन्द्रित रह्यो ।
अनि बाइडन आफैं भर्खरै मात्र बाहिर निस्केर मतदाताहरूसँग भेटघाट गर्न थालेका छन् । डेमोक्रेटिक पार्टीका कार्यकर्ताहरू त व्यापक रूपमा मतदातालाई भेटिरहेका समेत छैनन् । ट्रम्पका कार्यकर्ताहरूले महिनौंदेखि मतदाताहरूलाई घरैमा गएर भेटघाट गरिरहेको अवस्थामा बाइडनका कार्यकर्ता मतदाताको घरघरमा नपुग्नु प्रत्युत्पादक हुन सक्छ ।
उता ट्रम्प चाहिँ विशाल चुनावी सभा आयोजना गरिरहेका छन् । आफ्ना समर्थकहरूसँग उनी बाक्लै भेटघाट गरिरहेका छन् । भीडमा यसरी जाँदा उनलाई कोरोना लाग्यो र केही समय आराम गरेर बस्नुपर्यो तर निको भएपछि उनी फेरि चुनावी सभामा भाग लिन पुगे ।
त्यस्ता सभामा उनको उत्साह लोभलाग्दो देखिएको छ र मतदाताहरू पनि उनीसँग अपनत्वको अनुभव गरिरहेका छन् । ट्रम्पको सभामा उत्साहको तुलनामा बाइडनको सभामा उत्साह कम छ ।
ट्रम्पले जर्जिया, फ्लोरिडा, ओहायो, पेन्सिल्भेनिया, मिशिगन र नर्थ क्यारोलाइना जस्ता राज्यमा अल्पसंख्यक समुदाय र काला जातिका मानिसमा पहुँच बढाएको र त्यसले गर्दा उनी ती राज्यहरूमा सुरक्षित रहेको आँकडा सञ्चारमाध्यमहरूमा प्रस्तुत गरिएको छ । सबभन्दा महत्त्वपूर्ण कुरा, ट्रम्पले निर्वाचन अभियानको प्रमुख नारा नै रोजगारीलाई बनाएका छन् जबकि बाइडन यसमा पछि परिरहेका छन् ।
त्यसमाथि अमेरिकी अर्थतन्त्र कोभिडको समस्याका बावजूद बौरिन थालेका संकेतहरू पाइन थालेका छन् । गत साता अमेरिकाको वाणिज्य मन्त्रालयले यस वर्षको तेस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन आँकडा जारी गरेको थियो । त्यसमा ३३ प्रतिशत आर्थिक वृद्धि देखिएको छ । बाइडनले नभई आफूले अमेरिकाको अर्थतन्त्र जोगाउने भनी ट्रम्पले गरेको दाबीलाई यसले पुष्टि गर्छ ।
अनि उनले भाइरसको धेरै चिन्ता नगरी अर्थतन्त्र चलायमान गराउनुपर्छ भनी तर्क गरिरहेका छन् । अमेरिकीहरू महामारी रोक्ने नियन्त्रणका उपायबाट अघाइसकेको देखिन्छ र नियमित जीवनमा फर्किन चाहेको देखिन्छ भलै यसले आफ्नो र अरूको जीवन खतरामा परोस् ।
तर बाइडनले अर्थतन्त्र अहिले नै खोल्ने बेला नभएको र थप नियन्त्रण राखिरहनुपर्ने बताउने गरेका छन् । यसले मतदातालाई खुशी नबनाउने देखिन्छ । तर रिपब्लिकन पार्टीले मतदातामाझ आर्थिक वृद्धिको तथ्यलाई कत्तिको दह्रोसँग प्रस्तुत गर्न सकेको छ भन्ने प्रश्न हो ।
अनि बाइडनले दोस्रो बहसका क्रममा तेल उद्योग बन्द गराउन सक्ने भनी महाभूल गरे । तेल उद्योगले निकै प्रदूषण फैलाउने भएकाले त्यसलाई बन्द गराउने उनले बताएपछि तेल उद्योगमा आश्रित मतदाताहरूको ठूलो तप्का बाइडनसँग चिढिएको संकेत प्राप्त भएका छन् ।
विशेषगरी पेन्सिल्भेनियामा फ्य्राकिङका कारण हजारौंजनाले रोजगारी पाएको अवस्थामा बाइडनको यो बयानले उनलाई घाटा गराउने देखिन्छ । त्यसो त पछि उनले तेलबाट मुक्ति पाउन वर्षौं लाग्ने भनी भूलसुधार गर्न खोजे तर त्यसको प्रभावकारी असर नपर्ने देखिन्छ ।
ट्रम्पलाई अधिकांश सबै मतसर्वेक्षणले बाइडनभन्दा पछि परेको देखाइरहेको भए पनि सर्वेक्षकहरूले पुरानै गल्ती दोहोर्याइरहेको देखिन्छ । ट्रम्पका ‘लजालु मतदाता’ हरूलाई ती मतसर्वेषकहरूले ख्यालै नगरेको र तिनले निर्वाचन परिणामको दिशा परिवर्तन गर्ने विभिन्न विश्लेषणहरू आइरहेका छन् ।
‘ट्रम्पलाई समर्थन गर्छु’ भन्दा अरूले गिल्ला गर्लान् भनेर लजाउने मतदाताको संख्या ठूलै भएको बताइएको छ । अहिले सबै मतसर्वेक्षणहरू टेलिफोनबाटै गरिएका छन् । नचिनेको मानिसलाई टेलिफोनमा मतदाताहरूले सत्यतथ्य कुरा बताउने कुनै ग्यारेन्टी छैन । उनीहरू बाइडनलाई भोट दिने भनी झूटो बोलिदिन्छन् तर खासमा ट्रम्पलाई भोट दिन्छन् भनी निर्वाचन विश्लेषकहरूले बताएका छन् ।
जस्तो, काला जातिका मतदातालाई ट्रम्प श्वेत सर्वोच्चतावादी हुन् भन्ने पाठ पढाइएको छ । उनीहरू कुनै पनि हालतमा अजनबीसँग कुरा गर्दा ट्रम्पलाई भोट हाल्छु भन्दैनन् ।
तर ट्रम्पको कार्यकालमा काला जातिका मानिसको बेरोजगारी दर कीर्तिमान रूपमा घटेको छ । उनले काला जातिको बाहुल्य भएको विश्वविद्यालयमा सरकारी लगानी पनि बढाएका छन् । अनि उनले फौजदारी न्याय प्रणालीमा सुधार ल्याउने कानूनमा हस्ताक्षर गरेका छन् । त्यसले गर्दा काला जातिका सहित हजारौं कैदीहरू थुनामुक्त हुने बताइएको छ ।
अनि ट्रम्पले गरेका अनेकौं चुनावी वाचाहरू पनि पूरा गरेका छन् । उनले नाफ्टाको स्थानमा नयाँ व्यापार सम्झौता गर्ने, अमेरिकालाई ऊर्जाको क्षेत्रमा स्वतन्त्र बनाउने, जलवायु सम्झौताबाट अमेरिकालाई झिक्ने, आतंकवादी संगठन इस्लामिक स्टेटलाई तहसनहस पार्ने, विदेशमा खटिएका अमेरिकी सैनिकहरूलाई फिर्ता बोलाउने, चीनलाई अमेरिकाबाट फाइदा लुट्ने गरी व्यापार गर्न नदिने, बेरोजगारी दरलाई कम गर्ने अनि सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशहरू नियुक्त गर्ने वाचा पूरा गरेका छन् । अनि उनको कार्यकालमा अमेरिकाले नयाँ युद्ध शुरू नगर्नु पनि ठूलै उपलब्धि हो ।
तर उनले अमेरिकाको गैरतटीय क्षेत्र अर्थात् मध्यभाग (रस्ट बेल्ट) का मानिसको जीवनस्तर सुधार्ने भनी गरेको वाचा चाहिँ पूरा गर्न सकेका छैनन् । त्यसै क्षेत्रका मतदाताहरूले ट्रम्पलाई जिताएकोमा यसपालि पनि उनीहरूले ट्रम्पलाई पत्याउँछन् कि बेवास्ता गर्छन् भनी हेर्नुपर्नेछ ।
अनि हुलाकबाट गरिएको मतदानमै करीब १० करोड मतदाता सहभागी भइसकेको तथ्य चाहिँ ट्रम्पको विरुद्ध जान सक्ने देखिएको छ । चुनावकै दिन पनि व्यापक मात्रामा मतदाताहरू मतदान केन्द्रमा आउने संकेत पाइएको छ ।
अमेरिकी निर्वाचनको इतिहासमा विशाल ‘भोटर टर्नआउट’ हुँदा रिपब्लिकन पार्टी सधैं हारेको उदाहरण पाइन्छ । अनि मतदान केन्द्रमा लामो लाइन लाग्न अल्छी मान्ने मतदाताहरूले हुलाकमार्फत घरैबाट मत दिने अवसर पाउँदा पनि ट्रम्पको पक्षमा मत नजाने आकलन गरिँदैछ । त्यसैले ट्रम्प हुलाकबाट गरिने मतदानको कठोर आलोचना गरिरहेका भेटिन्छन् ।
तर हुलाकमार्फत हुने मतदानमा मतपत्र खारेज हुने सम्भावना धेरै हुने भएकाले अन्ततोगत्वा ट्रम्पलाई फाइदा दिलाउने सम्भावना पनि छ ।
त्यसो त ट्रम्पको छवि विभाजनकारी किसिमको छ । एकथरीले उनलाई बेस्सरी घृणा गर्छन् भने अर्काथरीले पूजाआराधना नै गर्छन् । सन् २०१६ मा ट्रम्पलाई घृणा गर्नेहरूले उनी जस्ता मान्छेले के जित्लान् र भनी मत दिन गएका थिएनन् । तर त्यसरी मत दिन नजाँदा ट्रम्पलाई फाइदा पुगेकाले त्यो दोहोरिन दिन हुँदैन भनी उनीविरुद्ध मत दिन जानेको संख्या पनि ठूलै हुन सक्छ ।
अनि ट्रम्पको लथालिंगे पारा, अनियन्त्रित बोली, सरकारमा व्यापक फेरबदल गरिरहने स्वभाव, मिडियामा उनको एकोहोरो नकारात्मक खेदाइ लगायतका कारणले मतदाताहरूमा उनीप्रति एकप्रकारको वितृष्णा समेत आएको देखिन्छ । उनले विश्व मञ्चमा अमेरिकाको बेइज्जती गरे भन्ने भावना पनि अमेरिकीहरूमा सुदृढ बनिरहेको छ ।
त्यसैले उनलाई हटाएर उनीभन्दा धेरै मर्यादित व्यक्तित्व भएका बाइडनलाई जिताउँदा एक किसिमको शान्तिव्यवस्था र स्थिरता आउन सक्छ भन्ने मतदाताहरूको सोच बनिरहेको हुन सक्छ । अनि अघिल्लो चुनावमा ट्रम्पकी प्रतिस्पर्धी क्लिन्टनलाई घृणा गर्ने ठूलै समूह थियो तर त्यस स्तरमा अमेरिकीहरूले बाइडनलाई घृणा गर्दैनन् ।
ट्रम्प र बाइडन जसले जिते पनि अमेरिका गृहयुद्धमा फस्ने चाहिँ देखिन्छ । ट्रम्पले जितेमा फासिवादविरोधी एन्टीफा समूहले ताण्डव मच्चाउन सक्ने अनि बाइडनले जितेमा श्वेत सर्वोच्चतावादीहरूले हिंसा फैलाउन सक्ने सम्भावना प्रबल छ ।
अनि यस्तो अवस्थाको परिकल्पना गर्दा ट्रम्पलाई नै फाइदा पुग्ने पनि देखिन्छ किनकि उनले कानून व्यवस्था कायम गर्न कडीकडाउ गर्ने संकेत दिएका छन् ।
ब्ल्याक लाइभ्स म्याटर र एन्टीफा समूहले आह्वान गरेका आन्दोलनमा हिंसा तथा लुटपाट मच्चिएकाले आत्तिएका अनिर्णित मतदाताले ट्रम्पलाई पत्याउन सक्छन् जबकि बाइडनले प्रहरी संस्था नै विघटन गर्नुपर्ने भनी माग राख्ने समूहसँग आफूलाई टाढा बनाएका छैनन् । यसले ट्रम्पलाई अघिल्लो चुनावमा भन्दा बढी लोकप्रिय मत दिन सक्ने सम्भावना पनि उत्तिकै छ ।
निर्वाचनको परिणाम भोलि नै नआउन सक्छ किनकि हुलाकमार्फत प्राप्त मतपत्र गन्न समय लाग्छ । विश्वको पहिलो महाशक्ति देशको प्रमुखले विश्व मामिलालाई निर्धारण गर्ने भएकाले संसारको ध्यान निर्वाचन परिणाममा केन्द्रित रहनेछ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...