×

NMB BANK
NIC ASIA

विदेशबाट डेढ लाखभन्दा बढी नेपाली श्रमिक माग : बल्ल श्रम स्वीकृति मिल्यो फेरि अर्को अड्चन !

कात्तिक २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीका बीच लाखौंले रोजगार गुमाएका छन् । स्वदेशमा तत्काल रोजगारी सिर्जना हुने देखिएको छैन र विदेश पनि जान नपाउँदा श्रमिकहरू मर्कामा छन् ।

Muktinath Bank

खासगरी कतार, साउदी अरब, दुबई लगायतका मुलुकमा कामदार माग भइरहँदा पनि काम गर्न जान नपाउँदा श्रमिकहरू मर्कामा परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्ला महिनामा रोजगारदाताहरूले कामदारका लागि ताकेता गरिरहेका छन् । विभिन्न मुलुकबाट गरी डेढ लाखभन्दा बढी कामदार माग भएको छ, यद्यपि नेपाली युवाहरू काम गर्नका लागि त्यसतर्फ जान पाएका छैनन् ।  


Advertisment
Nabil box
Kumari

कोरोना महामारीका कारण गत चैतदेखि वैदेशिक रोजगारीको पूर्व र अन्तिम श्रम स्वीकृति रोकिएको थियो । सरकारले भदौ १४ गतेबाट श्रम स्वीकृति पुनः सञ्चालनमा ल्यायो ।

Vianet communication
Laxmi Bank

यस अवधिमा अधिकांश युवाले श्रम स्वीकृति पाइसकेका छन् । अहिले आएर दूतावासमा काम अड्किएको छ ।

सम्बन्धित दूतावासले माग प्रमाणीकरण नगरिँदा उनीहरू श्रम गन्तव्यमा पुग्न नसकेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् ।

वैदेशिक रोजगारका लागि अहिले विभिन्न मुलुकमा धमाधम कामदार माग हुन थालेको छ । दक्ष तथा अदक्ष सबै किसिमका कामदार माग हुँदा समेत सम्बन्धित पक्षहरूको बेवास्ताका कारण श्रमिकहरू समस्यामा पर्न थालेको व्यवसायीहरू बताउँछन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले सरकारी निकाय र दूतावासहरूको बेवास्ताका कारण वैदेशिक रोजगार प्रभावित भएको बताए । 

सरकारले श्रम स्वीकृति खुला गरेर वैदेशिक रोजगारको बाटो खुला गरिसक्दा पनि अन्य सम्बन्धित निकायहरूले चासो नदेखाउँदा समस्या निम्तिएको उनको भनाइ छ । 

लोकान्तरसँग उनले भने, ‘यो सरासर सरकारी निकाय र दूतावासका कर्मचारीहरूको बेवास्ताको परिणाम हो । केही दिनमा हुन्छ भनेर औपचारिक भाषा बोल्छन्, अनि झुलाइरहन्छन् ।’ 

पछिल्ला दिनहरूमा कामदार को माग बढ्दै गइरहेको छ । विभिन्न मुलुकहरूले कामदार माग गरिरहेका छन् । यस्तो अवस्थामा दूतावासले अविलम्ब माग प्रमाणीकरण गरेर काम गर्नुपर्नेमा उनले जोड दिए । 

उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड सबै पालना गरेर काम गर्नुपर्ने अवस्था छ, यस्तो अवस्थामा सबैले छिटो काम गरिदिएर कामदारहरूको व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ । एकातिर श्रमिक माग भइरहनु र अर्कातिर श्रमिक काम गर्न जान नपाउनु, यस्तो हुन भएन ।’ 

व्यवसायीहरूले अहिले ध्यानाकर्षण तथा समस्या यथाशीघ्र हल गर्नका लागि भन्दै वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय तथा परराष्ट्र मन्त्रालय सबैको ढोका ढक्ढक्याइसकेका छन् । यद्यपि उनीहरूबाट आउने आश्वासन उस्तै छ । 
अध्यक्ष गैरे भन्छन्, ‘हामीले विभाग हुँदै श्रम सचिव, परराष्ट्र मन्त्रीलगायत सबैलाई भेटेर समस्याको हल निकाल्न ध्यानाकर्षण गर्दै आइरहेका छौं, उहाँहरूले हामीलाई आशा मात्रै देखाउनुहुन्छ, एक/दुई दिनमा हुन्छ भन्नुहुन्छ, अझै भएको छैन ।’

श्रम स्वीकृतिको सबै काम सकिएको भएपनि दूतावासहरूले माग प्रमाणीकरण नगर्दा व्यवसायीहरूलाई समस्या भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कुमार दाहाल श्रम स्वीकृतिको काम सबै सकिएको बताउँदै अहिले समस्या दूतावासमा मात्रै देखिएको दाबी गर्छन् ।

लोकान्तरसँग उनले भने, ‘हामीले काम गरिरहेका छौं, श्रम स्वीकृतिको काम पनि सबै भइरहेको छ, अहिले सामान्य नै छ, तर दूतावासले कोरोना महामारीलाई कारण देखाएर काम गरेको छैन ।’

उनले अहिले कति श्रम स्वीकृति भयो भन्नेबारे यकिन तथ्यांक ननिकालिएको भएपनि प्रायः सबैको श्रम स्वीकृति भइसकेको दाबी गरे । 

उनले भने, ‘अहिले धेरै नै श्रम स्वीकृति भएका छन्, व्यवसायीहरूले त डेढ लाख बढी भनिरहेका छन्, त्यस्तै छ होला ।’

उनले आफूले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयमा नियमित छलफल गरिरहेको भएपनि दूतावासले अहिले काम नथालेको बताउँदै केही दिनमै समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समिति भने यस विषयमा हालसम्म बेखबर छ । 

समितिका सभापति विमल प्रसाद श्रीवास्तव वैदेशिक रोजगारमा समस्या देखिएको अहिलेसम्म आफूलाई र समितिलाई थाहा नभएको बताउँछन् ।

उनले लोकान्तरसँग भने, ‘यस्ता खबर तथा सूचनाहरू आएमा त हामी छलफल र परामर्श गर्ने तथा समस्या समाधानका लागि पहल गर्ने काम गर्छौं, तर अहिले वैदेशिक रोजगारीमा समस्या आएको हामीलाई थाहा छैन ।’

परराष्ट्र मन्त्रालय भन्छ : दूतावाससँग छलफल भइरहेको छ

परराष्ट्र मन्त्रालयले भने श्रमिकहरूको समस्या समाधानका लागि दूतावासहरूसँग नियमित छलफल भइरहेको बताएको छ । 

मन्त्रालयका प्रवक्ता सेवा लम्साल छलफल भइरहेको भएपनि कहिले खुल्छ भन्ने कुरा निश्चित भने नभएको बताउँछिन् ।

लोकान्तरसँग उनले भनिन्, ‘उच्चस्तरीय वार्ताहरू भइरहेको छ, तर निष्कर्ष निस्किसकेको अवस्था छैन ।’

विभिन्न मुलुकहरूमा आ–आफ्नै किसिमका सुरक्षा प्रोटोकल लगाइरहेका छन् । त्यसअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

उनले थपिन्, ‘बिस्तारै यो समस्या समाधान गर्दै लैजानका लागि प्रक्रिया अगाडि बढिसकेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x